पर्वत/जैमिनी नगरपालिकाले ४१ जना छोरीलाई मुद्दती खाता खोलिदिएको छ । नगरपालिकाले छोरीलाई प्रोत्साहन गर्नका लागि गत आर्थिक वर्ष यता जन्मेका नगर भित्रका सबै छोरीलाई मुद्दती खाता खोलेको जैमिनी नगरपालिकाले जनाएको छ ।
जैमिनी नगरपालिकाले ‘जैमिनीको छोरी’ कार्यक्रम अन्तर्गत अहिले सम्म ४१ जना छोरीलाई मुद्दती खाता उपहार दिइएको छ । गत...
पर्वत/मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ। पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारीचालकलाई सास्ती भएको छ । कास्की र पर्वत खण्डको सडकमा खाल्डाखुल्डीको समस्या बढी रहेको पोखरा–बागलुङ चल्ने विद्युतीय माइक्रोका चालक डम्मर केसीले बताए ।
‘सहज र निर्वाध रूपले...
पर्वत/ जिल्लाको मोदी गाउँपालिकाले एकै दिन एउटै मञ्चबाट ३ वटा औपचारिक कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको नियमित कार्यक्रम अन्तर्गत राष्ट्रपति रनिङ शिल्ड, विशेष कार्यक्रम अध्यक्ष कप तथा बार्षिक कार्यक्रममा समावेश बालमैत्री वडा घोषणा कार्यक्रम एउटै मञ्चको प्रयोग गरी सञ्चालन गरेको हो ।
आइतबार मोदी ६ डिमुवा स्थित नवजागृत बहुमुखी...
पर्वत/नेकपा एमालेको ११ औं केन्द्रीय महाधिवेशनका लागि पर्वतमा भएको प्रतिनिधि छनोट प्रक्रियामा केही नेताहरूले असहमति जनाएका छन् । निर्वाचनमार्फत प्रतिष्पर्धा गर्न पाउने प्रक्रियालाई पाखा लगाएर सर्वसहमती गर्नेगरि समिति बनाइएपनि ओलिगुटमा फरक मत राख्ने नेताहरूलाई आउट गरेर आइतबार लिष्ट आउट गरिएपछि एमाले नेता कार्यकर्ताले विभिन्न माध्यमबाट असहमती प्रकट गरेका हुन्...
पर्वत/ एक वर्षभित्र सक्ने गरी निर्माण थालिएको नारायणस्थान स्वास्थ्य चौकीको भवन तीन वर्ष बित्दासमेत सम्पन्न हुन सकेको छैन। साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आएको बागलुङ नगरपालिका-१४ स्थित नारायणस्थान स्वास्थ्य चौकीको भवन सम्पन्न हुने टुङ्गो लाग्न सकेको छैन। निर्माण व्यवसायीको लापरवाही र ढिलासुस्तकीका कारण तीन वर्ष बित्दासमेत भवन निर्माण अधुरै...
पर्वत/मोदी गाउँपालिकाले प्रथम गाउँपालिका अध्यक्ष कप २०८२ र पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । अध्यक्ष कप अन्तर्गत पर्वत जिल्लाका अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता संचालन हुने गाउँपालिकामा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पुरीका अनुसार आगामी मंसिर १४ देखि...
पर्वत/आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पर्वतमा ४,६१२ जना नयाँ मतदाता थपिएका छन्। कात्तिक ३० गतेसम्म तोकिएको दर्ता समय सरकारको आग्रहमा मंसिर ५ गतेसम्म बढेपछि सो संख्या दर्ता भएको हो।जिल्ला निर्वाचन अधिकारीका अनुसार कार्यालयमा उपस्थित भएर १,२२५ ९५१२ महिला, ७१३ पुरुष र अनलाइनमार्फत ३,३८७ जनाले...
पर्वत/विगत सातबर्षदाखि जहाज आउन बन्द भएपछि यतिखेर बेवारिसेजस्तै बनेको छ बलेवा विमानस्थल । २०७५ सालयता बिमानस्थलमा कुनै पनि जहाज आउन सकेको छैन । जहाज नआउँदा सुनसान बनेको बागलुङको विमानस्थलको हेरचाहको जिम्मा बलेवाका सविता शर्मा पौडेलले गर्दै आएकी छिन्। १२ वर्षयता विमानस्थलको रेखदेख गर्दै आएकी सविताको काँधमा भौतिक सम्पत्तिको संरक्षणदेखि...
पर्वत /कार्यक्रम कार्यान्वयन पुस्तिकामा तोके अनुसार शिक्षकहरूलाई स्थानीय भत्ता उपलब्ध गराउन नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पर्वतले जिल्लाका हरेक स्थानीय तहमा दबाब दिएको छ। सङ्गठनको जिल्ला कार्यसमितिको समन्वयमा सात वटै पालिकामा पुगेर शिक्षकहरूका लागि तोकिए अनुसारको सशर्त रकम उपलब्ध गराउन अनुरोध गरिएको हो। कार्यरत सबै प्रकारका शिक्षकहरूलाई तोकिएको वर्गीकरण अनुसार...
पर्वत/कुश्मा नगरपालिकाको पटक–पटकको सुचना, निर्देशन र अनुरोधलाई अटेर गर्दै नवनिर्मित बसपार्कमा टिकट काउन्टर सार्न असहमत भएपछि नगर प्रमुख रामचन्द्र जोशी आफै मैदानमा उत्रिएका छन् । शुक्रबार नगर प्रमुख रामचन्द्र जोशीसहित जनप्रतिनिधि, नगर कर्मचारी, प्रहरी तथा सरोकारवालाहरुको समुहले शिवालयचोक क्षेत्रमा रहेका टिकट काउन्टरमा ताला लगाएर तत्काल बसपार्कबाटै टिकट काट्न निर्देशन...









