पर्वत/जेन-जी आन्दोलनको फाईदा उठाउदै पर्बत जिल्ला कारागारबाट फरार भएका ६ कैदी बन्दीहरू अझै सम्पर्कमा आएका छैनन् । बिभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका १९ कैदी बन्दीहरू गत भदौ २४ गते फरार भएका थिए ।
फरार भएको केही दिन पछि प्रहरीले १३ जना कैदी बन्दीलाई बिभिन्न स्थानबाट पुन नियन्त्रणमा लिएर पुन कारागार...
पर्वत / मोदी गाउँपालिका अन्तर्गतको मुख्य व्यापारिक बजार डिमुवा र पातीचौरबाट निस्कने फोहोर अस्तव्यस्त अवस्जथामा छ । पालिकाभित्रको फोहोर जथाभावी फाल्दा बस्ती र बजारमा दुर्गन्ध फैलिने गरेको छ । स्थानीय बासिन्दाले पटक–पटक समस्या समाधानका लागि पालिकालाई खबरदारी गरे पनि प्रभावकारी पहल नभएको गुनासो गरेका छन् ।
स्थानीय राम केसीका अनुसार...
पर्वत /स्थानीय सरकार बनेको ११ वर्ष बितिसक्दा पनि यहाँका दुई नगरपालिकाका भवन अलपत्र छन् । भवन अभावमा भाडाको घरमा बसेका नगरपालिकाले बर्सेनि लाखौं भुक्तानी गर्न बाध्य छन् । आफ्नै प्रशासनिक भवन बन्ला र बसौंला भनेर कुरेका नगर प्रमुखसहितका जनप्रतिनिधिहरू अहिले पनि अन्योलमा छन् । आफ्नै भवनमा बस्ने उनीहरूको सपना...
पर्वत/हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक र त्रासदी अझै मत्थर भइसकेको छैन। ठुलो जनधनको क्षतिसहित मुलुकलाई नै आक्रान्त पार्ने गरी भएको उक्त घटनाले नेपालको हिमालय क्षेत्रमा जुनसुकै बेला निम्तन सक्ने विपद्जन्य जोखिमलाई थप उजागर गरेको छ ।
हिमनदी र हिमतालकै कारण हिमाली भेगमा अप्रत्यासित घटना हुनसक्ने विज्ञहरुको...
काठमाडौं /नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार थापाको अध्यक्षतामा भदौ २१ र २२ गते बसेको बैठकले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई मुख्य एजेन्डा बनाएको छ। साथै बैठकले सरकारले सञ्चार क्षेत्रमा...
काठमाडौं /नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजको अवसर पारेर गीतकार सुन्दर पन्तले नयाँ तीज गीत ‘कैलाशबाट हामी दुईको सेल्फी हानिदेउ’ हालै युट्युवमा सार्वजनिक भएको छ । उक्त गीत तीजको सन्देशमुलक चेतनायुक्त, विविध सांस्कृतिक पक्षका साथै नारीवादीको भावनाका साथै पारिवारिक परिवेशलाई समेटेर प्रस्तुत गरिएको छ ।
सुन्दर पन्तको शव्द, सुवर्ण श्रेष्टको...
पर्वत / जिल्लामा पछिल्लो आठ वर्षको अवधिमा २१ वटा मोटरेबल पुलको निर्माण सम्पन्न भएको छ। जिल्लाका सबै ६१ वटा वडा, टोल र बस्तीसम्म सडक सञ्जाल पुगेपछि ती सडकलाई बाह्रैमास सञ्चालन गर्ने उद्देश्यले पुल निर्माणको कामलाई तीव्रता दिइएको हो।
कुल दुईसय १० किलोमिटर ग्रामीण सडक कालोपत्र भएको यस जिल्लामा मध्यपहाडी लोकमार्गमा...
काठमाडौँ/प्रतिशोधपूर्ण सरकारी निर्णयबाट घटाइएको लोककल्याणकारी विज्ञापनको रकम साविककै अवस्थामा कायम गर्नुपर्ने माग गर्दै देशभर सञ्चालित छापा माध्यम कडा आन्दोलनको तयारीमा जुटेका छन् ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ सुझाव कार्यदलले एक साताभित्र माग सम्बोधन नभए देशभरका प्रिन्ट मिडियालाई समेटेर भौतिक आन्दोलनमा उत्रिन प्रस्ताव गरेको हो। शनिबार...
पर्वत/कुश्मा नगरपालिका वडा नं -८, चुवामा निर्माण भएको राधाकृष्ण मन्दिरको आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा समुद्घाटन तथा प्राण प्रतिष्ठा गरिएको छ । मन्दिरको नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले उद्घाटन गर्नुभएको हो ।
मन्दिर उद्घाटन गर्दै सभापति जोशीले जवजव पृथ्वीमा धर्ममाथि अधर्म र अन्यायको दवदवा बढ्दै जान्छ तव भगवान नारायणले अवतार...
पर्वत/यहि भदौ १० मा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुका लागि सहयोगार्थ नेपाली काँग्रेस केन्द्रीय राहातकोषमा पर्वत काँग्रेसको समन्वयमा ५ लाख ५३ हजार ९नौ सय ११ जम्मा गरेको छ। नेपाली कांग्रेस पर्वतको समन्वयमा प्राकृतिक विपद परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले नेपाली कांग्रेस पर्वतले सञ्चालन गरेको राहत कोषबाट २ लाख ९०...









