अनुगमनका क्रममा २० हजार ५ सय ५० का म्याद गुर्जेका र अखाद्य वस्तुलाई नष्ट गरियो । अनुगमनको क्रममा होटल, रेस्टुरेन्ट, किराना पसल, मिठाई पसल सञ्चालकले पालना गर्नुपर्ने नियम उल्लेख गरिएको सचेतना सामग्रीसमेत वितरण गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तुको मूल्य, होटल तथा खाद्य व्यवसायको सरसफाइ, खाद्यवस्तुमा अखाद्य रङको प्रयोग, व्यवसाय दर्ता तथा नवीकरण र म्याद गुज्रिएका सामग्रीको बिक्री हेरिएको जनाए । एकीकृत सेवा कार्यालय पर्वतका प्रमुख जीवन पौडेलले होटल तथा मिठाइपसलमा सरसफाइको कमी रहेको, खाद्यवस्तुमा अखाद्य रङ प्रयोग गरिएको तथा चाउमिन र मम उत्पादन गर्ने उद्योगले आवश्यक लेबलिङ र प्याकेजिङ नगरी सामग्री बिक्रीका लागि राखेको पाइएको जानकारी दिए ।
टोलीले केही होटलबाट अखाद्य रङका बट्टा नियन्त्रणमा लिई नष्ट गरेको छ । आवश्यक लेबलिङ तथा प्याकेजिङ नगरी बिक्रीका लागि राखिएका चाउमिन र मम तथा उपभोग्य मिति समाप्त भएका सामग्रीसमेत बरामद गरी नष्ट गरिएको कार्यालय प्रमुख पौडेलले बताए ।
जिल्ला बजार अनुगमन समितिले निर्धारण गरेको वार्षिक कार्यतालिकाअनुसार नियमित अनुगमनलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ। गुणस्तर सुधार तथा नापतौल कार्यालय पोखराका प्राविधिकसमेत सहभागी अनुगमन टोलीले व्यवसायीलाई आवश्यक सुझाव तथा निर्देशन दिएको छ । सुधार गर्न दिइएको निर्देशन पालना नगरेको पाइएमा उपभोक्ता संरक्षणसम्बन्धी कानुनबमोजिम कारबाहीको दायरामा ल्याइने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।






