पर्वत/जलजला गाउँपालिकामा आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरमा सातसय ४४ जनाले स्वास्थ्य परीक्षण गराएका छन्। गाउँपालिकाको आयोजना तथा ‘सेभ द हार्ट’ र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर काठमाडौँको प्राविधिक सहयोगमा सहयोगमा जलजला गाउँपालिका–४ स्थित लुङदी आधारभूत विद्यालय मोहनचोकमा शिविरको आयोजना गरिएको थियो। दर्ता शुल्क, ‘भिडियो एक्स रे’, ‘इसिजी’, ‘इको’...
पर्वत/पत्रकारितामा आर्टिफिसियल इनटेलीजेन्स (कृत्रिम बुद्धिमत्ता)को प्रयोग सम्वन्धि दुईदिने तालिम पर्वतमा सम्पन्न भएको छ । प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा तालिम संचालन गरिएको हो । तालिममा जिल्लामा क्रियाशिल २५ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।
दुइदिन सम्म चलेको तालिमको समापन गण्डकी प्रदेश सरकारका निमित्त...
पर्वत/पछिल्लो समय साहसिक पर्यटनको केन्द्रका रूपमा विकास हुँदै गएको पर्वत सदरमुकाम कुस्मा बजारमा सार्वजनिक शौचालयको अभाव देखिन थालेको छ । झोलङ्गे पुल, बन्जी जम्प, जिपलाइनलगायत पर्यटकीय गन्तव्य अवलोकन गर्न दैनिक सयौँ पर्यटक आउने कुस्मामा यात्रु तथा पर्यटकका लागि पर्याप्त सार्वजनिक शौचालय नहुँदा बजार क्षेत्र दुर्गन्धित बन्दै गएको छ ।
कुस्मा बजार पर्वतसहित...
पर्वत/महाशिला गाउँपालिका–५ का स्थानीयवासीहरूले नागरिकतालगायतका प्रशासनिक सेवा जिल्ला प्रशासन कार्यालय पर्वतबाट उपलब्ध गराउन माग गरेका छन् । वडाका विभिन्न टोलका स्थानीयवासीहरूले हस्ताक्षरसहितको मागपत्र वडाध्यक्ष चन्द्रबहादुर मल्ललाई बुझाउँदै हाल ईलाका प्रशासन कार्यालय हुवासबाट लिँदै आएका सेवाहरू कुश्माबाट उपलब्ध गराउन पहल गर्न आग्रह गरेका हुन् ।
स्थानीयवासीका अनुसार हुवासबाट सेवा लिन जाँदा...
पर्वत/पर्वतको दुई सामुदायिक विद्यालय बिच विवाद चर्किदा दुई दिनदेखि स्कुल बस सञ्चालन अवरुद्ध भएको छ । पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँ र वडा नं. ६ देविस्थानका दुई सामुदायिक विद्यालयबीचको विवाद चर्किँदा दुई दिनदेखि स्कुल बस सञ्चालन अवरुद्ध भएको हो । बस सेवा रोकिएसँगै दुवै विद्यालयका विद्यार्थीको नियमित पढाइ प्रभावित बनेको...
पर्वत/निजामती किताबखाना अन्तर्गतको विद्युतीय पेन्सन सेवा व्यवस्थापन प्रणालीमार्फत पर्वत जिल्लाबाट पहिलो पटक विद्युतीय पेन्सन सेवा प्रदान गरिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयको समन्वयमा पर्वतका निवृत्त कर्मचारी गोविन्द प्रसाद आचार्यलाई विद्युतीय पेन्सन सेवा प्रदान गर्दै यो सेवा बिहीवारदेखि शुरु गरिएको हो । यससँगै पर्वतका अवकाश प्राप्त कर्मचारीहरूले पेन्सन...
मुस्ताङ/हाल मुस्ताङ भ्रमण गर्ने सबैभन्दा अनकूल याम चलिरहेको छ। हिउँदयामको चिसो र हिउँ पर्ने समय टरिसकेकाले यस यामलाई मुस्ताङ भ्रमणको अनुकूल याम मानिन्छ। हाल हिउँदयाम सकिएर गर्मीयाम सुरु भइसके पनि यहाँ अझै हिउँ पर्नेक्रम भने रोकिएको छैन।
बुधबार यहाँको वारागुङ मुक्तिक्षेत्रमा आंशिक हिउँ परेको छ, जसकारण यहाँ चिसो बढेको छ।...
काठमाडौं /बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्ना निवास तथा कार्यालयमा गरिएको छापामारीप्रति असन्तुष्टि जनाउँदै अनुसन्धान प्रक्रियामा भने पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले राज्यका निकायले आवश्यक ठानेमा आफू स्वयं उपस्थित भई सहयोग गर्न सधैं तयार रहेको अवस्थामा अकस्मात् छापा मारिएकोप्रति...
पर्वत/जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लाभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अतिक्रमण नियन्त्रणलाई प्रभावकारी बनाउन पहल थालेको छ ।
नेपाल सरकार गृह मन्त्रालयको निर्देशनअनुसार प्रशासनले जिल्लास्थित सबै स्थानीय तह र सम्बन्धित सरकारी कार्यालयलाई पत्राचार गर्दै आफ्नो कार्यक्षेत्रभित्र रहेका सार्वजनिक तथा सरकारी जग्गाको पहिचान, वर्तमान संरक्षण अवस्था तथा अतिक्रमण भए–नभएको...
पर्वत/पछिल्ला दिनमा गाउँबस्तीमा चलनचल्तीमा रहेका कतिपय पेसा, व्यवसाय ओझेलमा पर्न थालेका छन् । बसाइँसराइ, शिक्षा रोजगारीलगायतले परम्परागत सिप र व्यवसाय पछिल्ला पुस्ताले बिस्तारै छाड्दै जाने चलन बढिरहेका बेला पर्वतको फलेवास नगरपालिका–५, खानीगाउँका तीन जना कालिगड भने अझै आरन पेसामा लागेर गुजारा चलाइरहेका छन् ।
सानै उमेरदेखि आरन पेसामा संलग्न यहाँका ४१ वर्षीय...









