Thursday, October 8, 2026

समाचार

पर्वत/चीनको तिब्बत क्षेत्रमा गएको हिमपहिरोको कारण भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पुर्‍याएको ठूलो जनधनको क्षतिप्रति पर्वतको पैयूँ गाउँपालिका परिवारले गहिरो दुःख व्यक्त गरेको छ। विपद्को यस कठिन घडीमा बाढीपीडितहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन गाउँपालिकामा कार्यरत कर्मचारीहरूले आफ्नो ३ दिनको तलब बराबरको रकम नेपाल सरकारको राहत कोषमा...
पर्वत/बुधवार भोटेकोशीमा आएको बाढीपिडितको उद्धार, राहत तथा पुर्नस्थापनाका लागि पर्वतको महाशिला गाउँपालिकाले एक लाख ११ हजार एक सय ११ रुपैया सहयोग गर्ने भएको छ । पिडितहरुको पिडामा मल्हम लगाउने उद्धेश्यले गाउँकार्यपालिकाको बुधवारको बैठकले एक लाख ११ हजार एक सय ११ रुपैया सहयोग गर्ने निर्णय गरेको हो । उक्त रकम...
पर्वत/कालीगण्डकी नदीको कटनाले  पर्वत र बागलुङको सिमानामा रहेको मालढुङ्गा पुल जोखिममा परेको छ। पुलको पर्वत खण्डतर्फको जगमा निरन्तर पहिरो गएकाले जोखिम बढाएको  छ । पर्वत र बागलुङ जिल्लालाई जोड्ने मालढुङ्गास्थित मोटरेबल पुलमा नदी कटानका कारण क्षति पुगेपछि आवतजावतमा जोखिम बढेको हो। करिब तीन दशकअघि निर्माण गरिएको उक्त पुलको पर्वततर्फको मुख्य...
पर्वत /प्रदेश अस्पताल पर्वतमा लामो समयदेखि एम्बुलेन्स नहुँदा अस्पताल प्रशासन र बिरामीहरूले ठूलो सास्ती भोग्दै आएका छन् । अस्पतालको एकमात्र एम्बुलेन्स बिग्रिएर ग्यारेजमा थन्किएको तीन वर्ष बितिसक्दा पनि न त्यसको मर्मतसम्भार गरिएको छ, न त नयाँ एम्बुलेन्स नै खरिद गरिएको छ । यस अवधिमा सम्बन्धित निकायमा पटक–पटक माग गर्दा पनि कुनै...
पर्वत/पर्वतको बिहादी गाउँपालिकाले परम्परागत कृषि प्रणालीमा महत्वपूर्ण भूमिका खेल्दै आएका हल गोरुको संरक्षण तथा स्थानीय गाईको प्रवद्र्धन गर्ने उद्देश्यले कृषकलाई अनुदान तथा सुत्केरी भत्ता उपलब्ध गराउने भएको छ । गाउँपालिकाको पशु विकास शाखाले आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत ‘हल गोरु पाल्ने कृषकलाई अनुदान कार्यक्रम’ सञ्चालन गर्न लागेको...
पर्वत/डेंगु संक्रमण बढ्न नदिन पर्वतमा ‘डेंगु खोजौँ र नष्ट गरौँ’ अभियान सञ्चालन गरिएको छ । वर्षा याममा घर तथा आसपासका क्षेत्रमा पानी जम्ने र त्यहीँ डेंगु सार्ने एडिस लामखुट्टेले प्रजनन गर्ने भएकाले सम्भावित जोखिम क्षेत्र पहिचान गरी पानी हटाउने तथा सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको हो । जिल्ला प्रशासन...
टोकियो, जापान / विदेशमा रहेका नेपालीको संख्या बढ्दै गएसँगै उनीहरूले भोग्ने समस्या र राज्यप्रतिको अपेक्षा पनि विस्तार हुँदै गएको छ। तर प्रवासमा रहेका नेपालीको अधिकार, सुरक्षा, सामाजिक संरक्षण र नेपालसँगको सम्बन्धलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने विषयमा सरकार अझै गम्भीर हुन नसकेको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष सुभाष लामिछानेले...
पर्वत/कुश्मा नगरपालिका वडा नं. ८ चुवाको वडा कार्यालय भवनको आज एक समारोहबीच उद्घाटन गरिएको छ । भवनको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभएको हो । सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय वागलुङद्धारा निर्माण गरिएको उक्त भवनको उद्घाटन गदैै नगरप्रमुख जोशीले आफू कुश्मा नगरपालिकामा निर्वाचित भएको झण्डै साढे ९...
पर्वत/फलेवास नगरपालिकावाट पछिल्लो एक वर्षमा चार सय ७३ जना नागरिक बसाई सराई गरेर अन्यत्र गएको पाईएको छ । आर्थिक वर्ष वि.सं. २०८२/०८३ मा पालिकाका विभिन्न वडाबाट चार सय ७३ जना बसाइँ सराइ गरेर अन्यत्र गएका हुन् । नगरका विभिन्न वडावाट एक सय ४२ घर परिवार आफ्‌नो पुर्ख्यौली थातथलो छाडेर...
पर्वत/धौलागिरि प्रादेशिक अस्पतालले गर्भवतीलाई एक पटककालागि निशुल्क भिडियो एक्सरे सेवा दिन थालेको छ। आर्थिक अवस्था कमजोर भएका गर्भवतीलाई परीक्षणबाट बञ्चित हुन नदिन यो कार्यक्रम ल्याएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारीले बताए । ‘नियमित प्रोटोकल पूरा गर्न लगाउने र एकपटक भिडियो गरेर शिशुको अवस्था पत्ता लगाउने काममा नि:शुल्क सेवा दिन...