पर्वत /पैयुँ गाउँपालिकाले लामो समयदेखि निष्क्रिय रहेका १२ वटा सहकारी संस्थाको दर्ता खारेजी प्रक्रिया अघि बढाएको छ। गाउँपालिकाले सूचना जारी गर्दै सम्बन्धित सहकारी संस्थाहरूलाई सुनुवाइको अवसर प्रदान गरेको जनाएको छ।
गाउँपालिकाका अनुसार सहकारी ऐन २०७४ को दफा ८८ तथा पैयुँ गाउँपालिकाको सहकारी ऐन २०७५ बमोजिम लामो समयदेखि निष्क्रिय रहेका सहकारी...
पर्वत/जिल्लाको कुश्मा नगरपालिकाले सहकारी संस्थाहरूबाट ऋण लिएका तर तिर्नको लागि अटेरी गर्दै आइरहेकाहरूलाई कानुनी प्रक्रिया सुरु गर्ने चेतावनी दिएको छ । ऋणीहरूले ऋण चुक्ता नगर्दा सहकारीले बचतकर्ताहरूलाई रकम फिर्ता गर्न नपाएकोदेखि विभिन्न समस्याहरूको गुनासा बढिरहेका छन् ।
सहकारीहरू समस्यामा पर्दै जाँदा आर्थिक गतिविधिहरू पनि कमजोर बनेको अवस्थामा कुश्मा नगरपालिकाले केही...
पर्वत / जलजला गाउँपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरूको नियमित अनुगमन अभियान सुरु गरेको छ । उपभोक्ताको स्वास्थ्य, सुरक्षा तथा गुणस्तरीय सेवा सुनिश्चित गर्ने उद्देश्यले गाउँपालिकाले पसल, होटल, मासु पसल तथा अन्य व्यवसायहरूको अनुगमन थालिएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए ।
अभियान अन्तर्गत व्यवसाय दर्ता तथा नवीकरणको अवस्था, मूल्य सूचीको व्यवस्था,...
पर्वत/ नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका ७५० विद्युतीय सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । मुस्ताङदेखि कास्कीसम्मको सडकबाट ती गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका एकजना उच्च अधिकृतले समाचारबाणीलाई बताए ।
बजेट वक्तव्य सार्वजनिक हुनुअघि नै ती गाडी नेपाल भित्रिएको बताइएको छ । गाडीहरू विभिन्न जिल्लामा लैजान लागेको सूचना...
पर्वत /गुप्तेश्वर बहुमुखी क्याम्पस र शिबालय बहुमुखी क्याम्पस एकीकरण भएर बनेको कुश्मा बहुमुखी क्याम्पस कुश्माकै शैक्षिक गौरव भएकोले यसलाई माया गर्न सञ्चालक समितिले समुदायसँग अपिल गरेको छ । क्याम्पस प्राङ्गणमा आज आयोजित पत्रकार सम्मेलनमार्फत क्याम्पस सञ्चालक समितिले समुदायसँग यस्तो अपिल गरेको हो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष गोबिन्द पहाडीले कुश्मा...
पर्वत/नगरपालिकाले भुमि बैंकमा जग्गा उपलब्ध नगराउने तर तीन वर्षभन्दा बढी समयसम्म जग्गा बाँझो राख्ने जग्गाधनीलाई भुमिकरमा २५ प्रतिशत जरिवाना लगाउने भएको छ । आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम बुधबार प्रस्तुत गर्दै नगर प्रमुख विवश चिन्तनले नगरपालिकाले भूमि बैंकको अवधारणा लागु गरी बाँझो जमिनलाई भूमि बैंकमार्फत उपयोगमा ल्याउने...
पर्वत/कुश्मा नगरपालिका–२ स्थित अर्मादी घुम्तीमा आज अपराह्न ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सबार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग१क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध२प ३८०५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेका हुन्। दुर्घटनामा परि...
पर्वत/दुईवटी पत्नीपछि ल्याएकी तेस्रो नम्बरी पत्नीले आफ्नै हत्या गर्छिन् भन्ने सायद उनले सोचेका थिएनन् होला । तर उनको हत्या कान्छि पत्नीबाटै भयो । सोमबार ती महिलाले आफ्नै पति हत्या गरेको आरोप लागेपछि पक्राउ परेकी छिन् ।
बागलुङको जैमिनी नगरपालिका वडा नं १० को हाडिकोटमा निर्माणाधीन भ्यूटावरमा काम गर्न जाने क्रममा...
पर्वत/ कुश्मा नगरपालिका वडा नं. १४ का वडा सदस्य तथा नगरसभा सदस्य केशव प्रसाद पौडेलको सवारी दुर्घटनामा परी असामयिक निधन भएपछि कुश्मा नगरपालिकाले आज बुधवार शोक बिदा घोषणा गरेको छ।
नगरपालिकाद्वारा जारी शोक–विदा सम्बन्धी सूचनाअनुसार जेठ १८ गते कुश्मा–आर्थर सडकखण्ड हुँदै आर्थरतर्फ जाने क्रममा सोडे जोड्ने भिर क्षेत्रमा भएको जिप...
पर्वत /जिल्लाको मोदी गाउँपालिकाले सार्वजनिक जग्गा अतिक्रमण बनाइएका भौतिक संरचना ३५ दिनभित्र खाली गराउन निर्देशन जारी गरेको छ। गाउँपालिकाकी अध्यक्ष हीरादेवी शर्मा र प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीद्वारा जारी भएको सूचनामा गाउँपालिकाभित्र कोही कसैले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी घरटहरा बनाई बसोवास गरेको भए सूचना प्रकाशन भएको मितिले...








