पर्वत/जिल्ला कुश्मा नगरपालिकास्थित पोखरा–बाग्लुङ सडक खण्डमा पर्ने माझमेलामा जिप दुर्घटना भएको छ । बाग्लुङबाट पोखरा आउँदै गरेको सुदुर पश्चिम प्रदेश ०१–००१ ज १४७६ नम्वरको जिप बुधबार दिउँसो दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वत प्रहरी प्रमुख विजय यादवका अनुसार जिप आफै अनियन्त्रित भई सडक छेउमा पल्टिन जाँदा उक्त जिपमा सवार बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका ८ बस्ने वर्ष २१ का सन्देश घर्ती घाइते हुनुभएको छ । जिप्रका पर्वतबाट प्रहरी निरीक्षक दिनेश पौडेलको नेतृत्वमा खटिएका उद्धार टोलीले घाइते युवा घर्तीलाइ उपचारका लागि प्रदेश अस्पताल कुश्मा पर्वतमा पुराएको छ । दाहिने कुममा भित्री चोट लागेका घर्तीको स्वास्थ्य अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।
उक्त जिपमा चालकसहित ८ जना व्यक्ति सवार रहेकोमा बाँकी ७ जना कुशल रहेका छन् । जिप चालक बागलुङ जिल्ला निसीखोला गाउँपालिका २ बस्ने वर्ष ३४ का ओम प्रकाश विकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।






