पर्वत/कुश्मा नगरपालिका–१४ आर्थरस्थित अँधेरीनेटामा सोमबार राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार गएराति करिब ८ः४० बजे वडा कार्यालय आर्थरबाट चरीपानीतर्फ जाँदै गरेको ग १ ज ५८६५ नम्बरको बोलेरो पिकअप जिप अचानक सडकबाट करिब ५ सय मिटर...
पर्वत/राष्ट्रिय स्वतन्त्र पार्टीको कुश्मा नगर अधिवेशनबाट १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
आइतबार कुश्मामा भएको पहिलो नगर अधिवेशनबाट रमेशकुमार श्रेष्ठको सभापतित्वमा समिति निर्माण भएको हो । जसको उपसभापतिमा पार्वती लामिछाने, सचिवमा केशव शर्मा लामिछाने, सहसचिवमा चन्द्रकान्त पौडेल चयन भएका छन् ।
यस्तै सदस्यहरूमा राजेश गिरी, केशव प्रसाद रेग्मी, रेश्मी...
पर्वत/नेपाल पत्रकार महासंघ पर्वतको १४ औं साधारणसभा पर्वतको महाशीलामा सम्पन्न भएको छ । साधारणसभामा पर्वतमा क्रियाशिल विभिन्न पत्रकारलाई पुरस्कृत गर्नुको साथै महासंघको स्थापनाकालदेखि हालसम्म नेतृत्व गरिसकेका पूर्व अध्यक्षहरूलाई सम्मान गरिएको छ ।
महासंघको सिर्जनशील पत्रकारिता पुरस्कारबाट जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील पत्रकारहरु छविलाल तिवारी, प्रनिश गिरी र गणेश गिरीलाई पुरस्कृत...
पर्वत/पानी भर्ने क्रममा चिप्लिएर कालीगण्डकी नदीमा खस्दा पर्वतमा एक जना बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार रुपन्देहीको रोहिणी गाउँपालिका–१ दोवलिया घर भई हाल म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा बस्दै आएका ६ वर्षीय प्रियान्सु सहनी नदीमा बेपत्ता भएका हुन् ।
कालीपुलमा डेरा गरी बस्दै आएका दुर्गेश कुमार मल्लका...
पर्वत/ हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले विभिन्न स्थानमा वर्षा, मेघगर्जन, चट्याङ र हुरी चल्ने सम्भावना छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहेको छ भने तराई भू–भागमा आंशिक बदली भएको छ।...
पर्वत / बकर इद पर्वसँगै आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा हुने भएको छ। सरकारले इस्लाम धर्मावलम्बीको पर्व बकर इद(इद) उल (अज्हा) अवसरमा आज सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी आज (जेठ १४ गते) बिहीबार बक इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृहका...
बागलुङ/दक्षिण बागलुङको जैमिनी नगरपालिकाले १८ सुकुम्बासी परिवारलाई आवासको व्यवस्था गरेको छ । जग्गा र घरविहिन भई भाडाको घरबाट जीविकोपार्जन गर्दै आइरहेका १८ परिवारलाई जैमिनीले आवासको व्यवस्था गरेको हो ।
आवास पाउनेमा अधिकांश दलित समुदायका छन् । स्थानीय सरकारले आवासको व्यवस्था गरिदिएपछि सुकुम्बासी परिवारमा खुशी छाएको छ । जैमिनीले आफ्नै बजेटबाट...
पर्वत/मार्ग खुलेको झण्डै डेढ दशकपछि पर्वतको कुश्मा नगरपालिका–४ अर्मादीदेखि वडा नं २ खुर्कोट जोड्ने छिपछिपे–कोटगाउँ– खुर्कोट सडक कालोपत्र सम्पन्न भएको छ। छिपछिपे–कोटगाउ सडकखण्डअन्तर्गत छिपछिपे–आँटीघर–गगनपानी माथिको घुम्तीसम्म कालोपत्र गर्ने काम सम्पन्न भएको हो। उक्त सडक खण्डमा झण्डै २२० मिटर ढलान, एक किलोमिटर कालोपत्र गरिएको छ। त्यसैगरी, पोलम नाली, २९५ घनमिटर,...
पर्वत/बिहादी गाउँपालिकाको आयोजनामा महिला तथा किशोरीहरूका लागि उद्घोषण तालिम सुरु गरिएको छ । तालिम उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष परविन गुरुङले महिलाहरूको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी प्रस्तुति दिन सक्ने सीप विकासका लागि यस्ता तालिम आवश्यक रहेको बताउनुभयो । उहाँले महिलाहरू समाज रूपान्तरणका महत्वपूर्ण आधार भएकाले उनीहरूको...
पर्वत/कुश्माबजारमा मानविय स्वास्थलाई प्रतिकुल असर पार्ने अखाद्य घ्यु फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय कास्कीले सोमवार गरेको अनुगमनका क्रममा अखाद्य घ्यु भेटिएको हो । कुश्मा नगर पालिकाको सहकार्यमा बजार अनुगमन सहित अन्तरक्रिया गरिएको थियो । विषेश गरी राजमार्ग आसपासका होटलहरुमा खाना बनाउने र विक्रि वितरण...









