पर्वत/जलजला गाउँपालिका वडा नम्बर ७ मिलनचोकमा अबैध रुपमा सञ्चालनमा रहेको क्रसर उद्योगले जलजला गाउँपालिकाको निर्णयलाई समेत अवज्ञा गरेको छ । उक्त उद्योग अवैध रुपमा सञ्चालन भएको भन्दै गाउँपालिकाले सुचना टाँस गरी असोज ४ मा बन्द गराएको घोषणा गरेको थियो । तर उक्त उद्योग अहिले पनि नियमित सञ्चालनमा छ ।...
पर्वत/नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले दाताको सहयोगमा उपलब्ध खाद्यान्न शुक्रबार पनि जलजला- ५, लेकफाँटका तीनसय १० परिवारलाई वितरण गर्नुभएको छ । कोरोनाको उच्च जोखिमसँगै लामोसमय मुलुकमा भएको लकडाउनका कारण विपन्न र श्रमिक वर्गलाई रोजीरोटीमा समस्या भएको भन्दै हिमालयन बालकल्याण मञ्चको सहयोगमा उपलब्ध...
काठमाडौं/नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले लकडाउनका कारण सार्वजनिक यातायात व्यवसायी र श्रमिकहरू समस्यामा परेको भन्दै उनीहरूलाई राहत दिन सरकारसँग माग गर्नुभएको छ । बिहीबार बसेको संसदको बैठकमा शून्य समयमा बोल्दै प्रमुख सचेतक खाँणले समस्यामा परेका सबैको सरकारले ध्यान दिनुपर्ने बताउनु भएको हो ।
‘कोरोना महामारी नियन्त्रण गर्न...
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले कोरोना भाईरस विरूद्धको अभियानमा हातेमालो गर्दै जिल्लाका सातै स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । अध्यक्ष मल्लले आफ्नो व्यक्तिगत लगानीमा स्वास्थ्य सामग्री खरिद गरि विभिन्न स्थानीय तहका प्रमुखहरूलाई वितरण गर्नुभएको हो ।
अध्यक्ष मल्लले तापक्रम...
पोखरा/विश्वभरि फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९को महामारी विरुद्ध लड्न र यसबाट प्रभावितहरुलाई राहत प्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना राहत कोषमा गण्डकी क्रसर उद्योग व्यवसायी संघले आज पाँचलाख रुपैयाँ सहयोग गरेको छ । संघका अध्यक्ष संघका अध्यक्ष सुरेन्द्र त्रिपाठीको नेतृत्वमा पुगेको टोलीले मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई...
पर्वत/कोरोना विरूद्धको अभियानमा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णको सहयोग र सक्रियता अन्य जनप्रतिनिधिको तुलनामा धेरैनै अघि देखिएको छ । अध्यक्ष मल्लले यो महामारीमा आफ्नो गाउँपालिकाभित्रका नागरिकलाई मात्रै नभएर जिल्लाका अन्य स्थानीय तहका नागरिकको लागि समेत राहत र सहयोग गर्नुभएको छ । अध्यक्ष मल्लकै नेतृत्व र अग्रसरतामा कुश्मा...
पर्वत/कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउनको समयमा विनाकारण बाहिर निस्किने ११ जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ । सोमबार पर्वत प्रहरीले सदरमुकाम कुश्माबजार लगायत अग्ला झोलुंगेपुलहरुबाट लकडाउन उल्लघंन गर्ने युवाहरुलाई नियन्त्रणमा लिएको हो । छिमेकी जिल्ला बागलुङमा दुई जनामा कोरोना संक्रमण देखिएसँगै थप सजगता...
पर्वत/जलजला गाउँपालिकाले आफुखुशी राहत बितरण गर्ने र सामाजिक सञ्जालमा प्रचार गर्नमा रोक लगाएको छ । गाउँपालिकाले लकडाउन अवधिमा खान नपाउने बिपन्न बर्गलाई सहयोगका लागि सहयोग गर्न इच्छा लागेमा गाउँपालिकाको राहत कोषमार्फत गर्न आग्रह गरेको छ । जलजला गाउँपालिकाको सोमबार बसेको बैठकले एकद्धार प्रणालीमार्फत नै गरिब तथा बिपन्न बर्गलाई राहत...
काठमाडौँ/प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कोभिड–१९ नियन्त्रणका लागि सरकारले चालेका सम्पूर्ण कदममा साथ र समर्थन रहेको जनाउँदै १७ वटा सुझाव दिएको छ । कांग्रेसले शुक्रबार कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्रीमन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउँदै तत्काल गम्भीर बन्नुपर्ने विषयमा सुझाव दिएको हो। प्रतिनिधिसभाका कांग्रेस प्रमुख सचेतक बालकृष्ण...
पर्वत/जलजला गाउँपालिकाले विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) बाट गाउँपालिकाकाबासीलाई सुरक्षित राख्न कटुवाल मार्फत गाउँगाउँमा नियमित घोक हाल्ने अभियान सञ्चालन गरेको छ । प्राणघातक कोरोनाको संक्रमण जुनसुकै बेला फैलने खतरा भएकोले गाउँबासीलाई सतर्क बनाउन कटुवाल मार्फत नियमित घोक हाल्ने अभियान सञ्चालन गरिएको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी...