यातायात व्यवसायी र श्रमिकलाई विशेष राहत दिन काँग्रेसका प्रमुख सचेतक खाणको सरकारलाई ध्यानाकर्षण

1388

काठमाडौं/नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले लकडाउनका कारण सार्वजनिक यातायात व्यवसायी र श्रमिकहरू समस्यामा परेको भन्दै उनीहरूलाई राहत दिन सरकारसँग माग गर्नुभएको छ । बिहीबार बसेको संसदको बैठकमा शून्य समयमा बोल्दै प्रमुख सचेतक खाँणले समस्यामा परेका सबैको सरकारले ध्यान दिनुपर्ने बताउनु भएको हो ।

‘कोरोना महामारी नियन्त्रण गर्न सरकारले लामो समय लकडाउन गरेको थियो’, उहाँले भन्नुभयो-, ‘उद्योग व्यवसाय अहिलेसम्म पूर्ण रुपमा सञ्चालित छैन । सार्वजनिक यातायात ठप्प छ ।’‘यातायात व्यवसायी र मजदुरहरू बेरोजगारीको मारमा परेका छन् । हवाइ उड्डयन गम्भीर रुपमा प्रभावित भएको छ’, उहाँले भन्नुभयो-, ‘यस क्षेत्रका व्यवसाय र श्रमिकहरूलाई राहतको लागि सरकारको ध्यानाकर्षण गर्दछु ।’

एक अर्को प्रसंगमा बोल्दै काँग्रेस नेता खाँडले असार १ गतेबाट सरकारले भर्चुअल अनलाइनबाट क्लास शुरु गरेकोले सबै तहका पाठ्यपुस्तकहरू सहजताका साथ प्राप्त नगरेका कारण पठन पाठनमा विद्यार्थीलाई कठिनाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।

Published : Thursday, 2020 June 18, 2:36 pm