पर्वतमा पहिलोपटक आठजनाले कोरोना जितेर घर फर्कँदै

पर्वत/ पर्वतका ८ जना संक्रमितले कोरोनालाई जित्न सफल भएका छन । पर्वत कोरना अस्थायी अस्पताल कुस्मामा उपचार गराईरहेका ८ कोरोना संक्रमितको पहिलो रिर्पोट नै नेगेटिभ आएको हो । पर्वतमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ३० जना मात्रै उपचारमा रहेका छन्।
भरतपुर चितवनको प्रयोगशाला गरिएको परिक्षणका क्रममा ८ जनाको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय पर्वतका सुचना अधिकरी प्रबिण भण्डारीले जानकारी दिनुभयो ।

कोरोना जित्नेहरुमा सबै पुरुष रहेका छन । उहाँका अनुसार कोरोना जित्नेहरुमा फलेबास नगरपालिका १० कुर्घाका २० र ४० बर्षका पुरुष रहेका छन । यसैगरी महाशिला ३ का २१,१४ र २१ बर्षका पुरुषले पनि कोरोनालाई जित्न सफल भएका छन् भने फलेबास नगरपालिका ११ पाङराङका २१ पुरुष तथा फलेबास नगरपालिका २ का २१ बर्षिय पुरुषले पनि कोरोना जितेका छन । बिहादी गाउँपालिका ४ वहाकीका ३९ बर्षिय पुरुषले पनि कोरोना जितेका छन ।

९ जना संक्रमितको नमुना संकलन गरि परिक्षणका लागि पठाइएकोमा बिहादी गाउँपालिकाका १ जना पुरुषको भने पोजेटिभ रिर्पोट आएको छ । भरतपुरमा ६० जनाको नमुना परिक्षणका लागि पठाइको थियो । पर्वत कोरोना अस्पतालमा उपचाररत ८ जना र अन्य क्वारेन्टाईनमा रहेका गरि ५४ जनालाई नै सम्बन्धित पालिकाको क्वारेन्टाईनमा पठाइएने पर्वत अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। शिशिर देवकोटाले जानकारी दिनुभयो ।