Monday, August 17, 2026

Uncategorized

पर्वत/कोरोनाको उच्च जोखिम र लामो समयको लकडाउनको वावजुद पनि जलजला गाँउपालिकाले गत आर्थिक वर्ष २०७६/७७ मा ८४ दशमलब २९ प्रतिशत वित्तिय प्रगती हासिल गर्न सफल भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका अनुसार गाउँपालिकाले गत ३ महिने लक डाउनका बाबजुद पनि गत आर्थिक बर्षमा झण्डै ८५ प्रतिशत...
पर्वतनेपालको नयां नक्शा सहित मेरो देश नामक स्वदेश गान सार्वजनिक भएको छ । भारतले अतिक्रमण गरेको नेपालको भुमि लिपूलेक र लिम्पीयाधुरा समेतलाई समेटेर जारी गरिएको नक्शा राखेर देशभक्ति गीत सार्वाजनिक गरिएको छ । देशभक्तिलाई ध्यानमा राखेर कुशल सर्जक शक्ति क्षेत्रीले लेखेको गीतमा स्वर कमल खत्रीको रहेको छ । प्रवासमा वसेर पनि...
पर्वत/कोरोनाको उच्च जोखिमको वावजुद पनि कृषि ज्ञान केन्द्र पर्वतले आर्थिक वर्ष २०७६/७७ मा ९० प्रतिशत प्रगति हासिल गर्न सफल भएको छ । केन्द्रीय र प्रदेश सरकारबाट प्राप्त कुल बजेट रु २५ करोड ७२ लाख ८४ हजार मध्ये रु २२ करोड ९९ लाख २ हजार ७ सय ४८ ...
पर्वत/नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले दाताको सहयोगमा जलजला गाउँपालिकाका आठसय विपन्न परिवारलाई झण्डै ३० लाख रूपैयाँको राहत सामग्री वितरण गर्नुभएको छ । कोरोनाको उच्च जोखिमसँगै लामोसमय मुलुकमा भएको लकडाउनका कारण विपन्न र श्रमिक वर्गलाई रोजीरोटीमा समस्या भएको भन्दै हिमालयन बालकल्याण मञ्चको सहयोगमा...
पर्वत/नेपाली कांग्रेसकी प्रभावशाली नेतृ डा. आरजु राणा देउवाको सहयोगमा काँग्रेसका दुई युवा नेताहरू विद्वान गुरूङ र यामबहादुर मल्ल रामकृष्णले वुधवार पर्वत, बागलुङ र म्याग्दी तीनवटै जिल्लामा पुगेर कोरोना विरुद्धका अत्यावश्यक स्वास्थ्य सामग्रीहरू त्यहाँका प्रमुख जिल्ला अधिकारीहरूमार्फत जिल्लामा गठन भएको सिसीएमसीलाई हस्तान्तरण गर्नुभएको छ । हस्तान्तरण गरिएको स्वास्थ्य...
पर्वत/नेपाली कांग्रेसकी प्रभावशाली नेतृ एवं सुरक्षित मातृत्व सञ्जालकी केन्द्रीय अध्यक्ष डा. आरजु राणा देउवाले धौलागिरीका तीन जिल्लालाई कोरोना विरुद्धका अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को विशेष पहलमा काँग्रेस नेतृ देउवाद्वारा पठाइएको उक्त स्वास्थ्य सामग्री नेपाल तरुण दलका...
काठमाडौँ/कांग्रेसले पार्टीको महाधिवेशन आगामी फागुनको पहिलो साता गर्ने निर्णय गरेको छ । कोभिड–१९ संक्रमणका कारण तीन महिना पार्टीका सबै गतिविधि ठप्प भए पनि केन्द्रीय महाधिवेशन भने यसअघि तोकिएकै मितिमा गर्ने पार्टीको केन्द्रीय समिति बैठकले निर्णय लिएको हो । केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र...
पर्वत/मोदीवेणीमा रहेको मोदीवेणी जेष्ठ नागरिक आश्रमलाई गण्डकी विकास वैंक कुश्मा शाखाले १६ थान पलङ र १६ थान विस्तारा सहयोग गरेको छ । गण्डकी विकास वैंक कुश्मा शाखाका शाखा प्रवन्धक केशव आचार्यले मोदीवेणी दिव्य धामका उपाध्यक्ष खुमराज पराजुलीलाई हालैमात्र उक्त सामाग्री हस्तान्तरण गर्नु भएको हो । सहयोग सामग्री हस्तान्तरण...
पर्वत/नेपाली काँग्रेस साबिक तिलाहार गाविसका पूर्व पार्टी सभापति एवम् समाजसेवी सुबेदार खडक बहादुर केसीको बुधवार विहान निधन भएको छ । ७२ बर्षका केसीको उपचारका क्रममा मणिपाल शिक्षण हस्पिटल पोखरामा निधन भएको हो । उनी उच्च रत्तचाप र मघुमेहका विरामी थिए । उनको पार्थिक शरिरमा नेपाली काँग्रेस पर्वतका पूर्व पार्टी सभापति...
पर्वत/नपेली कांग्रेसकी नेतृ एबं प्रतिनिधि सभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । उहाँको उपचारका क्रममा शहिद गंगालाल ह्दयरोग केन्द्रमा केहिबेरअघि निधन भएको हो । अघिल्लो आइतवार मुटुको ३ वटा भल्बमा समस्या भएपछि मुटुको शल्यक्रिया गरिएको थियो । मुटुमा समस्या देखिएको पछि प्रतिनिधिसभाको नयाँ नक्सा निशान छापमा समावेश गर्ने सम्बन्धी...