वीपी जयन्तिको अवसरमा तरूण दलद्वारा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण

71

पर्वत/नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले बीपी जयन्तीको अवसर पारेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालमा स्वास्थ्य सामग्री वितरण गरेको छ । तरुण दलले बुधबार बिहान कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा लडिरहेका स्वास्थ्यकर्मीहरुका लागि मास्क, पीपीई र फेस सिल्ड वितरण गरेको हो ।

जनताको स्वास्थ्य रक्षाका लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनजर गर्दै बीपी जयन्तीको अवसरमा स्वास्थ्य सामग्री वितरण गरिएको अध्यक्ष जितजंग बस्‍नेतले जानकारी दिनुभयो ।

उनले पाटन अस्पतालको हाडजोर्नी विभागलाई एक हजार थान मास्क, २० थान पीपीई सेट र २० थान फेस सिल्ड र वीर अस्पतालको नाक, कान, घाँटी विभागलाई हजार थान मास्क, २० थान पीपीई सेट र २० थान फेस सिल्ड हस्तान्तरण गरिएको जानकारी दिए । कार्यक्रममा नेपाल तरूण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाई र केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङ पनि सहभागी हुनुहुन्थ्यो ।

तरुण दललाई कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानले स्वास्थ्य सामाग्री उपलब्ध गराएको बताइएको छ ।