९ भदौ, काठमाडौं । डेभिड भियाले आश्चर्यजनक रुपमा स्पेनको राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।
विश्वकप छनोट अन्तरगत इटली र लिकटेन्टीनविरुद्धको खेलका लागि स्पेसिन टोली घोषणा भएको छ, जसमा भिया पनि छन् । उनी २०१४ को विश्वकपपछि पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् ।
डिएगो कोष्टाको अनुपस्थितिमा भियाले ठाउँ पाएका हुन् । बार्सिलोनाका पूर्व फवार्ड भिया अमेरिकी लिग खेल्छन् ।
२०७४ भदौ ९ गते १७:०१ मा प्रकाशित