लकडाउनको बेला घरमै जुवाको खाल चलाउँदै नेकपाका जिल्ला नेता

60

पर्वत/देशभर कोरोना भाइरसको त्रासका कारण लकडाउन छ । यो बेला नबुझेका मानिसहरुलाई भिडभाड नगर्न सल्लाह दिनुपर्ने नेता नै भिड जम्मा गरि जुवाको खाल चलाइरहेका भेटिएका छन ।

जलजला ८ नाग्लिवाङका सोमबहादुर जिसि लकडाउनको बेला घरमा जुवा खाल चलाएर बसेको पाइएको छ । उनी वडा कार्यलय र वडाध्यक्षले सचेतनाका लागि केही पनि गरेनन भन्दै सबैभन्दा आलोचना गर्ने मध्येमा एकनम्बरमा गनिन्छ्न् । फेसबुकमा आलोचनामा समय खर्चिने जिसी आफू भने दिनभर जुवा खाल चलाएर लकडाउनको खिल्ली उडाइरहेका छ्न । जिसि स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा पराजित उम्मेद्वार समेत हुन ।

उनी नेकपा जिल्ला सदस्य समेत हुन् । जुवातास खेलेको फोटो उनी आफैले सार्वजानिक गरेका थिए । फोटो सार्वजनिक भएपछि उनको सामजिक सञ्जालमा चर्को आलोचना भएको छ । जिसिले जिल्लादेखि केन्द्रसम्मका नेतासंग राम्रो हिमचिम भएको भन्दै गाउँमा बेलाबेला सामाजिक सञ्जालमा समेत तस्विर राख्दै आएको स्थानीयहरु बताउँछन् ।