काठमाडौं । लिसेस्टर सिटीका डिफेण्डर हृयारी मग्वायरले क्लबसँग ५ वर्षे नयाँ सम्झौता गरेका छन् ।
२५ वर्षका मग्वायर इंग्ल्याण्डलाई रुस विश्वकपमा सेमिफाइनलसम्म पुर्याउने प्रमुख सदस्य थिए । उनी म्यानचेष्टर युनाइटेड जाने सम्भावना भएको खबर आइरहेका बेला लिसेस्टर पाँच वर्षका लागि नयाँ सम्झौता गर्न सफल भएको हो ।
२०१७ मा हल सिटीबाट लिसेस्टर आएका उनले गत सिजन हरेक खेल खेल्ने मौका पाए । यो सिजन पनि पि्रमियर लिगमा उनले चारै खेल खेलेका छन् ।
‘क्लबले मलाई पि्रमियर लिग खेल्ने अवसर दिएको छ र यो राम्रो प्लेटर्फम हो’ मग्वायरले भनेका छन्, ‘क्लबले मलाई दिएको अवसर ठूलो छ । म यहाँ राम्रो भविष्यको आशामा छु ।’