बार्सिलोना डेम्बेलको अनुबन्ध नजिक

15

९ भदौ, काठमाडौं । स्पेनिस क्याटलान बार्सिलोना उस्मान डेम्बेलको अनुबन्ध नजिक पुगेको छ । यदि यो सफल भएमा नेयमारपछि सर्वाधिक महंगो ट्रान्सफर हुनेछ ।

बोरुसिया डर्टमुन्डका २० वर्षीय फ्रान्सेली फवार्ड डेम्बेललाई बार्सिलोनाले १५० मिलियन युरो तिर्नेछ ।

यद्यपि डर्टमुन्डले अगष्टको सुरुवातमा बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेको थियो । लगतै डेम्बेल निलम्बनमा परे र अगष्ट ५ पछि खेलेको छैनन् ।

डर्टमन्डका मुख्य कार्यकारीका अनुसार बार्सिलोनासँग सम्वाद जारी छ र कुनै निर्णयमा पुगिसकेको छैन ।

डेम्बेल १२ महिना अघि रेनबाट मात्र १५ मिलियन युरोमा बोरुसिया डर्टमुन्ड आएका थिए । गत सिजन उनले १० गोल गर्नुका साथै २१ असिस्ट गरेका थिए ।

साथै उनले फ्रान्सको राष्ट्रिय टोलीबाट ७ खेल खेलिसकेका छन् ।

२०७४ भदौ ९ गते २०:०६ मा प्रकाशित