पर्वत /प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्वतबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सागर भुसाल विजयी भएका छन् । उनले आफ्ना हेभिवेट प्रतिस्पर्धीलाई पराजित गर्दै २६ हजार ५ सय ६१ मतसहित जित हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले १५ हजार ९ सय ५४ मत प्राप्त गरेका छन् ।
त्यसैगरि नेकपा एमालेका पदम गिरीले १५ हजार ७५ मत र नेकपाका मनहरि तिमिल्सिनाले ४ हजार ५ सय ५७ मत प्राप्त गरेका छन् ।






