पर्वत/मध्यपहाडी लोकमार्गमा पर्ने पर्वत -बागलुङ सडक खण्ड पहिरोका कारण गएराती देखि अबरुद्ध भएको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं १ मा पर्ने सह्रधारामा गएको पहिरोका कारण सडक अबरुद्ध भएको हो । सह्रधाराबाट पाङ जोड्ने सडकको घुम्तीबाट पहिरो खसेको हो । पहिरोका कारण कालीगण्डकी क्रसर उद्योगमा समेत क्षति पुगेको...
पर्वत/जिल्लाको सवैभन्दा ठूलो जलासयुक्त परियोजना कालीगण्डकी जलासययुक्त परियोजनाको विषयमा फलेवास नगरप्रमुख पदमपाणी शर्मा सहित पूर्व सम्भाब्यता अध्ययन टोली वीच छलफल भएको छ । आगामी आर्थिक बर्षका लागि संघीय सरकारबाट ६ सय ९२ लाख रकम विनियोजन भइ उक्त रकमले पूर्व सम्भाब्यता अध्ययनको काम अघि बढाउने निर्णय भइसकेको छ ।
यस कार्यका...
काठमाडौं/नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणले नेपालमा चिनियाँ कम्युनिस्ट शासन व्यवस्था स्थापना गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।
नेपाल र चीनका दुई कम्युनिस्ट पार्टीबीच शुक्रबार भिडियो कन्फ्रेन्स (भर्चुअल)मार्फत ‘पार्टी र देशलाई परचालन गर्ने अनुभव आदान–प्रदान गर्न चीन र नेपालका सत्तारुढ पार्टीका उच्च पदाधिकारीबीच...
पर्वत/नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले फलेवासमा रहेको जिल्ला आर्युवेदिक अस्पताललाई थर्मलगन र पिपिई सेट हन्तान्तरण गर्नुभएको छ । सवैको ध्यान सदरमुकाममा रहेको स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालमा गएका बेला अस्पताललाई पहिलोपटक दुई थान पिपिई र थर्मल गन हस्तान्तरण गरिएको हो । काँग्रेस नेता जोशीले उक्त...
पर्वत/खेल क्षेत्रको विकासका लागि पर्वतको फलेवास नगरपालिकामा खेलकुद रंगशाला निर्माणकार्य शुरु भएको छ । फलेवास नगरपालिका वडा नं. ६ देविस्थान स्थित माझीचौरमा खेलकुद रंगशाला निर्माण शुरु भएको हो । बिहिबार फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले रंगशालाको शिलन्यास गरेर कामको शुरुवात गर्नुभएको हो ।
शिलन्यास कार्यक्रममा बोल्दै नगरप्रमुख शर्माले यो रंगशालामा...
पर्वत/जिल्ला अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरानो पोजेटिभ देखिएको हो ।
काठमाण्डौंको टेकु स्थित प्रयोशालामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको डा. देवकोटाले जानकारी दिए । योसंगै पर्वत जिल्ला अस्पतालको ओपिड सेवा बन्द...
काठमाडौं/नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले लकडाउनका कारण सार्वजनिक यातायात व्यवसायी र श्रमिकहरू समस्यामा परेको भन्दै उनीहरूलाई राहत दिन सरकारसँग माग गर्नुभएको छ । बिहीबार बसेको संसदको बैठकमा शून्य समयमा बोल्दै प्रमुख सचेतक खाँणले समस्यामा परेका सबैको सरकारले ध्यान दिनुपर्ने बताउनु भएको हो ।
‘कोरोना महामारी नियन्त्रण गर्न...
पर्वत/फलेवास नगरपालिकाको छैटौ नगरसभा सम्पन्न भएको छ । विभिन्न विधेयक पारित गर्दै नगरपालिकाको छैटौ नगरसभा मंगलबार सम्पन्न भएको हो । नगर सभाले नगरप्रहरी संचालन तथा श्रमिक कल्याणकारी बिधेयक सर्वसम्मत पारित गरेको छ । नगरसभामा नगरपालिकाको नगर प्रहरी सञ्चालन विधयेक २०७७ विधायन समितीका संयोजक हरेराम रेग्मीले पेश गर्नुभएको थियो ।...
पर्वत/जिल्लाको सवैभन्दा ठूलो जलासयुक्त परियोजना कालीगण्डकी जलासययुक्त परियोजनाका लागि संघीय सरकारबाट ६ सय ९२ लाख रकम विनियोजन भएको छ । आगामी बर्षको लागि संघीय सरकारले ६ करोड ९२ लाख रकम विनियोजन गरेको हो । उक्त रकमबाट म्याग्दी समेत जलासयुक्त आयोजनाका लागि अध्ययन हुने भएको छ । जिल्लाको फलेवास नगरपालिका,...
पर्वत/लकडाउनको समयमा पनि लुकिछिपी पैदल हिँडेर सुर्खेतदेखि पर्वत आएका जलजला-७ धाईरिङका चारजना व्यक्तिहरूलाई गाउँपालिकाले आज क्वारेन्टाइनमा राखेको छ । सुर्खेतबाट लुकीछिपी ६ दिन लगाएर उनीहरु आजमात्रै जलजला आइपुगेका हुन् । आएका सबै एकै परिवारका सदस्य रहेको बुझिएको छ । गाउँपालिकाले खटाएका स्वयंसेवकहरूले उनीहरूलाई गाउँ प्रवेश गर्ने क्रममा मंगलबार...









