पर्वत/महाशीला गाउँपालिकाको आठौ गाउँसभा सम्पन्न भएको छ । मंगवार सम्पन्न आठौ गाउँसभाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । आगामी आर्थिक वर्षका लागि झण्डै रु.साढे ३४ करोड बराबरको बजेट सार्वजनिक गरेको हो ।
३४ करोड, ४० लाख १८ हजार २२३ रुपैया बराबरको बजेट ल्याएको हो । जस मध्ये चालु खर्चमा राजश्व बाँडफाँड र अन्तरिक आयवाट समेत रु. २ करोड ८४ लाख ३५ हजार ५७, ससर्त तर्फ संघीय सरकारको तोकिएको कार्यक्रममा रु.१५ करोड, ५८ लाख २० हजार, संघीय सरकार समपुरक अनुदान तर्फ रु. १ करोड ३६ लाख, संघीय सरकारको विशेष अनुदान रु. १ करोड २० लाख, शसर्त अनुदान प्रदेश सरकारको रु रु. ५० लाख रहेको छ ।
त्यसैगरी सामाजिक सुरक्षाको रकम अन्तर सरकारी अख्तियारी मार्फत व्यवस्था गरिएको छ । पुँजीगत खर्च, कार्यक्रम खर्च र विकास खर्च तर्फ रु. ११ करोड ४१ लाख ६२ हजार बिनीयोजन गरिएको छ । त्यस्तै विषयगत मन्त्रालय र विभागवाट प्राप्त हुने रकम सहित रु.३४ लाख ४० हजार १८ हजार २२३ रुपैयाको बजेट प्रस्तुत गरिएको गाउँपालिकाका अध्यक्ष राजु प्रसुाद पौडेले जानकारी दिनुभयो ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा खर्च व्यहोर्ने स्रोतमा संघीय सरकारवाट वित्तिय समानीकरण अनुदानमा रु.६ करोड ७२ लाख, ससर्त अनुदान चालु तर्फ रु. १५ करोड ५८ लाख २० हजार, राजश्व वाँडफाँडवाट रु. ४ करोड ३९ लाख ३ हजार २ सय २३ र समपुरक अनुदान रु. १ करोड ३६ लाख र विशेष अनुदान रु. १ करोड २० लाख र प्रदेश सरकारवाट वित्तिय समानीकरण तर्फ रु. १ करोड २० लाख ३९ हजार, र राजश्व वाँडफाँडवाट रु. १५ लाख ७६ हजार र ससर्त अनुदान पुँजीगत तर्फ रु. ५० लाख र विशेष अनुदान रु. ५० लाख प्राप्त हुने प्रक्षेपण गरेको छ ।






