नेपाल निजामती कर्मचारी संगठनद्वारा संघीय ऐन सच्याउन माग गर्दै सरकारको ध्यानाकर्षण

78

पर्वत/सरकारले जारी गर्नका लागि छलफलमा ल्याएको संघीय निजामति ऐनको विषयमा नेपाल निजामति कर्मचारी संगठन पर्वतले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल निजामति कर्मचारी संगठन पर्वतले प्रतिनिधि सभाका सांसद पदम गिरी मार्फत सरकारको ध्यानार्कषण गराएको हो ।

संगठनका पर्वत जिल्ला कमिटि सचिव गौरबदास बैरागीले एक कार्यक्रमका वीच सांसद गिरीलाई ध्यानाकर्षण पत्र प्रदान गरेका छन् । विभिन्न बुँदाका मागहरु सहित कर्मचारीका अहिले भइरहेका सेवा सुविधाहरुमा कटौती गर्न नहुने, आगामी ऐनले कर्मचारीको ट्रेृड युनिएन अधिकारलाई सुनिश्चित गर्नुपर्र्नेे, सरुवा तथा बढुवामा वैज्ञानिक आधारहरु तय गरिनुपर्ने लगाएतका मागहरु सहित संगठनले सरकारको ध्यानाकर्षण गराएको हो ।

सरकारले संघीय निजामित सेवा ऐनको ड्राफ्ट तयार पारेको छ । त्यस ड्राप्टका कटिपय बुँदाहरुले कर्मचारीले अहिले पाएको अधिकार र सुविधा समेतको कटौती गर्न लागेको भन्दै कर्मचारीहरु आक्रोसित बनिरहेका छन् । सरकारले कर्मचारी मैत्री काूनन ल्याउनुपर्ने कर्मचारी संगठनको माग रहेको छ ।

कर्मचारीहरुको ध्यानाकर्षण पत्र बुझे पछि सासद गिरीले सदन, सरकार र विषयगत समितिमा कर्मचारीहरुले उठाएका जायज मागहरु गम्भिर रुपमा आफूले पनि उठान गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले कर्मचारीको सरुवाको विषय नेपालमा निकै कठिन र नियमसंगत नहुने गरेको भन्दै सेवा प्रवेश पूर्व नै सरुवाको विवरण कर्मचारीले पाउनुपर्ने धारणा राखे । उनले कर्मचारीहरुको मनोबल उच्च बनाउने गरी सरकारले ऐन ल्याउनुपर्ने बताउँदै त्यस तर्फ आफूले पनि पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

कार्यक्रममा निजामति कर्मचारी संगठनका केन्द्रिय कोषाध्यक्ष बखत बहादुर खड्का, नेकपाका प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, नेकपाका कार्यालय सदस्य गोविन्द पहाडी, सचिवालय सदस्य तथा कुश्मा नगर कमिटि अध्यक्ष शंकर गिरी तथा कर्मचारीको आधाकारिक ट्रेड युनिएनका अध्यक्ष उदमीराज शर्मा तथा संगठनका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।