फलेवास नगरपालिका द्वारा आगामी आर्थिक वर्षको लागि झण्डै ८३ करोडको बजेट सार्वजनिक

33

पर्वत/फलेवास नगरपालिकाले आर्थिक बर्ष २०७७।०७८ को बजेट प्रस्तुत गरेको छ । नगर उपप्रमुख मन्जु अधिकारीले सातौं नगरसभाबाट आज ८३ करोड २२ लाख ८१ हजार ९ सय ५० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा शिक्षा, स्वास्थ्य, कृषि र रोजगारलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

बजेटको बिषयगत शिर्षकमा क्लिन फलेवास ग्रीन फलेवासका लागि रु। ६० लाख, पुर्वधार विकास तर्फ रु। २३ करोड १५ लाख, सामाजिक विकास तर्फ रु। ३१ करोड ५३ लाख, आर्थिक विकासतर्फ रु। ३ करोड ९५ लाख, प्रकोप, वन वातावरण तथा विपत व्यवस्थापनतर्फ रु। १ करोड २० लाख, संस्थागत तथा शुसाशनतर्फ रु। १ करोड, अन्य क्षेत्रलाई २ करोड ४७ लाख ८१ हजार ९ सय ५०, सामाजिक सुरक्षा भत्ता रु। ११ करोड ५० लाख र समानिकरण तर्फको चालू तथा संचालन खर्च रु। ८ करोड रहेको छ ।

त्यस्तै आय शिर्षक अनुसार आन्तरिक आमदानी रु। १ करोड ५० लाख, संघीय सरकारबाट प्राप्त वित्तिय समानिकरण रु। १० करोड ८ लाख, संघीय सरकारबाट प्राप्त सशर्त चालु अनुदान रु। ४१ करोड ३२ लाख, संघीय सरकारबाट प्राप्त राजस्व वाडफाड रु। ७ करोड ८ लाख, ८३ हजार, ९ सय ५०, संघीय सरकारबाट प्राप्त विषेश अनुदान २ करोड ३५ लाख, संघीय सरकारबाट प्राप्त समपुरक अनुदान रु। ४ करोड ७० लाख, प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण रु।१ करोड २० लाख ४३ हजार, प्रदेश सरकारबाट प्राप्त राजस्व बाडफाड रु।४१ लाख ५५ हजार, प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान रु। १ करोड, संघीय सरकारबाट सामाजिक सुरक्षा वापतको रकम रु। ११ करोड ५०, प्रदेश तथा स्थानीय सरकार क्षमता विकास कार्यक्रमको रु। ७ लाख, स्थानीय पुर्वधार विकास कोषबाट प्राप्त रु। ९० लाख पर्यटन विकास बोर्डबाट प्राप्त रु। ३० लाख, सडक बोर्डबाट प्राप्त रु। ३० लाख र अ।ल्या। ५० लाख रहेको छ ।

कोरोना भाइरस कोभिड १९ ले पारेको प्रभाव, कोरोना भाइरस नियन्त्रण, रोकथाम, उपचार र रोजगारको सृजना, आवास तथा बस्ती क्षेत्रमा पुर्वधार सुधार, वसपार्क, सार्वजनिक शौचालय निर्माण कार्यक्रम ३ बर्षसम्म संचालन गर्न ८ करोड ४० लाख व्यवस्था गरिएको छ । नगरको मुख्य बस्ती सडक यातायातबाट बढिमा ५ मिनेटको पैदल दुरिमा संजालिकरण गर्ने नगरको नीति अनुसार बाकी रहेका नयाँ ट्याक गर्ने सडकहरू निर्माण गर्ने कार्य नगरपालिकाको एस्काभेटर र व्याक हु लोडरबाट गर्ने गरि रु। ७० लाख बिनियोजन गरिएको छ । समग्र शिक्षा क्षेत्रको गुणस्तर सुधार तथा शिक्षामा सबैको पहुँच का लागि २५ करोड ५० लाख विनियोजन गरिएको छ ।
त्यस्तै नगरपालिकाको जग्गा व्यवस्थापन प्रमुख प्रशासकीय भवन निर्माणका लागि २ करोड विनियोजन गरिएको छ ।

नगरसभाले आगामी आर्थिक वर्षमा कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारको प्रभावकारी व्यवस्थापन प्रमुख प्राथमिकतामा राखेको छ भने स्वास्थ्य, शिक्षा,कृषि, सडक,पर्यटन,वातावरण, रोजगार, संस्कृति संरक्षण, प्रकोप व्यवस्थापन, पुर्वधार निर्माण एवम् कार्यलयको संस्थागत विकास गर्ने कार्यलाई पनि प्राथमिकतामा राखिएको छ । पूर्वाधारको दिगो विकासका माध्यमवाट जनअपेक्षा अनुरुप नागरिकहरुको जीवतस्तरलाई उकास्ने कार्यक्रमलाई प्राथमिकता दिँदै कोरोना महामारीका कारण स्वदेश र विदेशमा रोजगारी गुमाएका तथा बेरोजगार नागरिकलाई रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई प्राथमिकता दिईएको नगरप्रमुख पदमपाणी शर्माले बताए । नगरले अगाडि सारेको कालीगण्डकी जलाशययुक्त बहुउद्देश्यीय परियोजनाको निर्माणले समग्र फलेवासबासिको जिवनस्तरमा अकल्पनीय सुधार हुने बताइएको छ ।

गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँच रहने, बन, पर्यटन, उद्योग, जलविद्युत, कृषि तथा पशुपालन व्यावसायिकरण र औद्योगिकरण मार्फत नगरमा नै स्वरोजगारी तथा रोजगारीको सृजना गरिने कार्यक्रम नगरले अघि सारेको छ ।

त्यस्तै आर्थिक विकास समिति संयोजक मनबहादुर कुवरले नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण सम्बन्धि प्रस्ताव नगरसभामा प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव नगरसभाबाट सर्वसम्मत पारित गरिएको छ ।

नगरको केन्द्र वार्ड नं ५ खानीगाउँ मै रहने तर प्रमुख प्रशासकीय भवन सबै पक्षसंग सर्वपक्षीय छलफल गरि उपयुक्त ठाउँमा निर्माण गरिने नगरप्रमुख शर्माले बताए । न्युन भौतिक संरचनाका कारण सेवा प्रबाहमा असहज भएको र नागरिकलाई गुणस्तरीय सेवा प्रदानका लागि सुबिधा सम्पन्न भवनको आवश्यक रहेको शर्माले जानकारी दिए ।