झण्डै ४० करोडको बजेट सार्वजनिक गर्दै विहादी गाउँपालिकाको छैठौँ गाउँ सभा सम्पन्न

24

पर्वत/जिल्लाको विहादी गाउँपालिकाको आगमी बजेट ३९ करोड ८९ लाख १० हजार प्रस्तुत भएको छ । उक्त बजेट गाउँपालिकाको छैटौँ गाउँ सभामा उपाध्यक्ष डम्बर कुमारी गुरुङ उक्त बजेट प्रस्तुत गरेकी हुन ।

प्रस्तुत बजेटमा चालू तर्फ १९ करोड ९३ लाख र पूजीगत तर्फ १९ करोड ९६ लाख १० हजार रहेको छ । यस अघि गाउँपालिका अध्यक्ष कमल भुषालले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम सर्वसहमत पास भएपछि उपाध्यक्ष गुरुङले आगामी बर्षको बजेट प्रस्तुत गरेकी थिइन । नीति तथा कार्यक्रम र बजेट गाउँ सभाबाट पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषीराम पन्थीले जानकारी दिए ।

आगामी बजेट पारित गर्नुपूर्व विनियोजित बजेट माथि उठेका प्रश्नको जवाफ दिने क्रममा गाउँपालका अध्यक्ष भुसालले अहिलेको कोरोना माहमारी सँगै जुध्दै विहादीको विकास रफ्तारलाई तीव्रताका साथ अगाडि बढाइने बताएका थिए । आगामी बजेटमा मुख्य गरी भौतिक पूर्वाधार, कृषि र स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई प्राथमिकतमा राखिएको छ ।

कोभिड १९ को महामारी रोकथाम तथा नियन्त्रण कार्यको लागि यथेक्ष् बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । यसैगरी विहादी गाउँपािलकाका अधिकाश जनता कृषि तथा पशु पालनमा ब्यवसायमा आश्रीत रहेका कारण कृुषिमा विविधिकरण र आधुनिकीकरण गरी ब्यवसायीक बनाउनका लागि बजेट विनियोजन गरिएको छ । उता, शिक्षा, स्वसथ्य खानेपानी तथा सरसफाई पर्यटन र भाषा संस्कृतिका लागि पनि बजेटमा सम्बोधन गरिएको उपाध्यक्ष गुरुङले जानकारी गराईन् ।

आगामी बर्षका लागि सशर्त अनुदान चालु तर्फ १६ करोड अड्तिस लाख र वित्तिय समानीकण तर्फ ३ करोड ५५ लाख रुपैंया विनियाजन भएको छ । यसैगरी संघबाट पुँजीगत तर्फ ४ करोड, प्रेशबाट समपुरक तर्फ १ करोड र गण्डकी प्रदेश विशेष अनुदान तर्फ ५० लाख र वित्तिय समानीकरण तर्फ १२ करोड १३ लाख ५० हजार रुपैंया खर्च गरिने बजेटमा उल्लेख गरिएको छ। यसैग्री गरी क्रमागत योजनाका लागि २ करोड ३२ लाख ६० हजार रुपैंया विनियोजन गरिएको छ ।

बजेटमा कोभिड नियन्त्रणका लागि थप समन्वयकारी भूमिका खेलिने र कोभिड नियन्त्रण अभियानमा साझा संकल्प सहित हातेमालो गरिने कुरा उल्लेख गरिएको छ ।