पर्वत/कुश्मा नगरपालिका– २ खुर्कोटमा बाटो निर्माण गर्ने क्रममा रोकिराखेको डोजरमा हिजोराती आगजनी भएको छ । छमर्के-खुर्कोट-कोटगाउँ सडकमा काम गर्दै गरेको बा १ क ८३५९ नम्मरको डोजर आगलागीबाट ध्वस्त भएको हो ।
चैत १७ गते बिहान खुर्कोट बाट सदरमुकाम कुश्मा जादै गर्दा स्थानीय सेते नेपालीले आगो जलिरहेको देखे पछि...
पर्वत/माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि पर्वतबाट दुई हजार भन्दा बढि विद्यार्थी सहभागी हुने भएका छन् । आजबाट शुरु हुने एस.ई.ई परीक्षामा नियमित र आंशिकतर्फ गरी जम्मा दुई हजार २८ जना विद्यार्थीहरू सामेल हुने भएका हुन् । परीक्षार्थी नियमिततर्फ एक हजार ९ सय ४० जना, आंशिक तर्फका ४८ जना...
पर्वत/बिहादी गाउँपालिकामा बिशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बिहादी–३ रानीपानीको नेपाल तारा माध्यमिक विद्यालयमा यहि चैत्र २७ गते निःशुल्क शिविरको आयोजना गरिएको हो । गरिव, विपन्न तथा आर्थिक रुपले पछि परेका समुदायका लक्षित गरि शिविर आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष परविन गुरुङले जानकारी दिए । शिविरमा दुई...
पर्वत/कुश्मा नगरपालिकाका ३ वटा वडामा सञ्चालित वास फिट परियोजनाले तीन स्वास्थ्य संस्थालाई बालमैत्री धारा, फोहोर व्यवस्थान गर्ने पिट समूदायमा हस्तान्तरण गरेको छ । कुश्मा नगरपालिका १ पाङ स्थित कुश्मा शहरी स्वास्थ्य केन्द्र, कुश्मा नगरपालिका २ खुर्कोट स्थित खुर्कोट स्वास्थ्यचौकी र कुश्मा नगरपालिका ३ दुर्लुङ स्थित दुर्लुङ स्वास्थ्यचौकीमा उक्त बालमैत्री...
पर्वत/पर्वत उद्योग बाणिज्य संघको नयाँ नेतृत्व भागबण्डामा चयन भएको छ । १८ औँ अधिवेशनले राजनीतिक भागबण्डामा नेतृत्व चयन गरेको हो । राजनीतिक भागबण्डा अनुसार नेकपा एमालेले ९, नेपाली काँग्रेसले ७, माओवादी केन्द्रले ५ र अन्य दलले ४ सदस्यको नेतृत्व गर्ने सहमती भएसँगै दलीय भागबण्डा मिलेको हो ।
भागबण्डा अनुसार एमालेले...
पर्वत/कुश्मामा सञ्चालन भएको संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धि पाँच दिने तालिम समापन भएको छ । कुश्मा नगरपालिकामा सञ्चालित सबै स्वास्थ्य संस्थामा सुरक्षित उपचार तथा संक्रमणमुक्त अवस्था सृजना गर्ने हेतुले उक्त तालिम सञ्चालन गरिएको थियो । चैत्र १ गतेबाट शुरु भएको तालिम सोमबार सम्पन्न भएको हो ।
दुई चरणमा सञ्चालित...
पर्वत/जिल्लाका धेरै ठाउँमा बाँदर आतङ्क बढेपछि दक्षिण पर्वतको पैयुँ गाउँपालिकाले बाँदर धपाउन कर्मचारी नियुक्त गर्ने भएको छ । गाउँपालिकाका सातवटै वडामा बाँदरको आतङ्क बढेपछि कर्मचारी नै नियुक्त गरेर बाली जोगाउन प्रयास थालिएको हो ।
पैयुँ गाउँपालिकाको सोमबार सम्पन्न १३औँ गाउँसभाले सातवटै वडामा बाँदर हेरालु कर्मचारी नियुक्त गर्ने निर्णय पारित गरेको...
बागलुङ/मध्यपहाडी लोकमार्गअर्न्तगत् बागलुङको निसीखोला गाउँपालिका-६ को जाउलेपानी भन्ने स्थानमा यात्रुबस पल्टिँदा ८ जनाको मृत्यु भएको छ । घटनास्थलबाट ७, उपचारको लागि बुर्तिवाङ लैजाने क्रममा १ जनाको मृत्यु भएको हो । घटनामा २५ जना घाइते भएका छन् । बसमा चालक सहित ३३ जना सवार रहेको खुलेको छ । रुकुम पूर्वका...
पर्वत/जिल्लाको पैयुँ गाउँपालिकाको १३ औँ गाउँसभा सम्पन्न भएको छ । ‘आधुनिक कृषि, प्रविधि, पर्यटन र पूर्वाधार–पैयुँबासीको समृद्धिको आधार’ भन्ने मुल नाराका साथ गाउँ सभा सम्पन्न भएको हो । पैयुँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’ ले पानसमा दिप प्रज्वलन गरि सभाको उद्घाटन गरेका थिए । गाउँपालिकाले चालु आर्थिक वर्षमा...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले माओवादी अध्यक्ष प्रचण्ड घर न घाटको भएर समाप्त हुने दावी गर्नुभएको छ । नेपाल किसान महासंघ कुश्मा नगरपालिकाको प्रथम अधिवेशनको उद्घाटन गर्दै केन्द्रीय सदस्य जोशीले उक्त दावी गर्नुभएको हो । उहाँले विगतको १० बर्षे हिंसात्मक आन्दोलनमा प्रचण्डले गरेको अपराधमाथि अन्तर्राष्ट्रिय...









