पर्वत/जलजला गाउँपालिकाले विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) नेपालमा पनि जुनसुकै बेला फैलने खतरा भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ । गाउँपालिकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र भिडभाड हुने ठाउँमा नजान आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गदै सम्पूर्णलाई स्वास्थ्य अवस्थावारे सचेत रहन, व्यक्तिगत सरसफाईमा ध्यान दिन,...
पर्वत/नेपाली काँग्रेस पर्वतले निर्माणाधिन वीपी स्मृति भवनको लागि प्रत्येक क्रियाशील सदस्यबाट एकसय रूपैयाँ संकलन गर्ने निर्णय गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतको बिहीवार सम्पन्न वैठकले यस्तो निर्णय गरेको हो । पार्टी सभापति खिमप्रसाद भुसालको सभापतित्वमा भएको बैठकले लेबी भुक्तानी गरेकालाई मात्रै क्रियाशिल सदस्यता वितरण गर्ने, नयाँ...
पर्वत/नेकपा सरकारको शासकीय शैली प्रति आम नागरिकहरुमा मात्रै नभएर स्वयं उनीहरुकै कार्यकर्ताहरुमा समेत तिव्र असन्तुष्टि बढ्दै जान थालेको छ । मुलुकको नेतृत्व गरिरहेको नेकपाभित्रबाट विद्रोह गरेर पार्टी परित्याग गर्नेहरुको लहर समेत चलेको छ । निर्वाचनको बेला जनता बिच ठुला आश्वासन बाँडेर दुईतिहाई सहित नेतृत्व गर्दा पनि जनअपेक्षा...
पर्वत/ आफ्नो स्थापना कालदेखि स्वास्थ्य र शिक्षाको क्षेत्रमा विभिन्न रचनात्मक कामहरू गर्दै आएको लायन्स क्लब अफ पर्वत वृजसिटीले माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यवसायिक माध्यमिक विद्यालय फलेवास ४ मुडिकुवालाई वुधवार एक कार्यक्रमका बीच शैक्षिक सामाग्री वितरण गरेको छ । शैक्षिक सामाग्री हस्तान्तरण पछि बोल्दै फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी...
पर्वत/नेपाली कांग्रेसको आगामी १४ औं महाअधिवेशनमा ३५ जिल्ला सभापति पदमा उठ्नका लागि उम्मेदवारले महाधिवेशन प्रतिनिधि जित्नु नपर्ने भएको छ। पार्टीले विधान संशोधनपछि जारी गरेको नियमावलीमा प्रतिनिधि सभाको एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्लाका अधिवेशनमा जिल्ला सभापति पदको उम्मेदवार बन्न महाधिवेशन प्रतिनिधि जित्नु नपर्ने उल्लेख छ। देशभर एउटा मात्र संघीय...
पर्वत/कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने साकै मुलुकहरुमध्येकै नमुना मोटरेवल पुल बन्ने भएको छ । कुश्मा नगरपालिका वडा नं. ४ चाक्लेको डिलदेखि बागलुङ नगरपालिका वडा नं. १३ नेपाने जोड्न कालीगण्डकी माथि उक्त पुल बनाउन लागिएको हो । पुल निर्माणका लागि यस अघिनै प्रारम्भीक सर्वेक्षण गरिएको भएपनि पर्याप्त बजेट...
पर्वत/फलेवास नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत फेरी परिवर्तन भएका छन् । यस अघि कार्यरत सुरेश न्यौपाने सह सचिबमा नाम निकालेर गएसंगै नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा मुक्तिराम रिजाल आउनुभएको हो । उहाँ उद्योग बाणिज्य आपुर्ति मन्त्रालयबाट फलेवास नगरपालिकामा सरुवा हुनुभएको हो । आईतबारदेखि आफ्नो कार्यभार सम्हाल्नुभएका रिजाललाई फलेवास नगरपालिका प्रमुख पदमपाणी...
पर्वत/शैक्षिक सुचना ब्यबस्थापन प्रणालीको विकासका लागि कुश्मा नगरपालिकाको नगर शिक्षा शाखाले नगरपालिकाभित्रका विद्यालयहरुलाई शैक्षिक सुचना ब्यबस्थापन प्रणाली सम्बन्धि ३ दिने (आइईएमआईएस) तालीम आइतवारदेखि कुश्मामा सुरु गरेको छ । तालीमको कुश्मा नगरपाकिलाका उपप्रमुख सीता काफ्ले लामिछानेले उद्घाटन गर्नुभएको थियो । तालीम उद्घाटनपछि बोल्दै उपप्रमुख लामिछानेले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयको गुणस्तर...
पर्वत/ कुश्मा नगरपालिका भित्रका विद्यालयहरूमा संचालन भएको परीक्षाको नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा शनिबार अनुगमन गरिएको छ । टोलीले कुश्मा नगरपालिका वडा नं १ पाङ्को नुवार सुवेदी थर मावि र वडा नं २ खुर्कोटस्थित हिमालय माविमा संचालित परीक्षाको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा नगर...
पर्वत/एसईइ परिक्षामा केन्द्राध्यक्ष तोक्ने विषयका सम्बन्धमा नेपाल शिक्षक संघ पर्वतले आपत्ती जनाएको छ । जिल्ला शिक्षा समन्वय ईकाईले शिक्षक संघमा आवद्ध शिक्षकहरुलाई केन्द्राध्यक्षको जिम्मेवारी दिन वेवास्ता गरेकोमा विरोध गरिएको छ ।
नेपाल शिक्षक संघ पर्वतका अध्यक्ष केशवप्रसाद भण्डारी र सचिव यज्ञनाथ वास्तोलाले एक विज्ञप्ती प्रकाशित गरि केन्द्राध्यक्ष चयन प्रक्रिया पूर्वाग्रहपूर्ण...








