वीपी स्मृति दिवसको अवसरमा तरूण दल केन्द्रीय समितिद्वारा बालबालिकालाई फलफूल र स्वास्थ्य सामग्री वितरण

19

काठमाडौं/३८ औ वी.पी स्मृति दिवसमा तरुण दल केन्द्रिय समितिद्वारा बालबालिकाहरुलाई फलफुल र कोरोना सुरक्षा सामग्री वितरण गरेको छ ।
वी.पी स्मृति दिवसको अवसरमा नेपाल तरुण दल केन्द्रिय समितिले रवि भवनमा अवस्थित बाल ‘संरक्षण अभियान नेपाल’ नामक बाल आश्रममा (फलफुल, मास्क, स्यानीटाईजर, साबुन) वितरण गरेको हो ।

कार्यक्रममा नेपाल तरुण दलका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूले केन्द्रीय कार्यालयमा वीपी काेइरालाकाे तस्बिरमा माल्यार्णपन पनि गरेका थिए । वीपी कोइरालाको स्मरणमा देशभरिका तरुणहरूले विभिन्न कार्यक्रम गरिरहेका बेला केन्द्रीय कार्यसमितिले पनि आफ्नो तर्फबाट सानो रचनात्मक कार्य गरेको बस्नेतले बताए । उनले तरुण दलका जिल्ला कार्यसमितिहरू र मातहतले आ–आफ्नो तर्फबाट वृक्षारोपण, सरसफाइसहितका रचनात्मक कार्यक्रमहरू गरेको जानकारी दिएका छन् ।

तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले प्रतिकूल मौसमका बाबजुद पनि देशभरिका तरुणले विभिन्न कार्यक्रमहरू गरेको बताए ।

कार्यक्रममा तरूण दलका कोषाध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेस र तरुण दललाई क्रियाशील बनाउने दायित्व सबैको रहेको भन्दै सबैले देशभरि कार्यक्रमहरू गरेको बताए । गरी कार्यक्रममा सहयोग पुर्याईदिने नेपाली काँग्रेस महालक्ष्मी न.पा. वडा नं १, २, ३ र ४ समन्वय समिति परिवार र नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य रवि थापालाई नेपाल तरुण दल केन्द्रिय समितिले धन्यवाद समेत दिएको छ । यसै गरी देशभर ७७ वटै जिल्लामा नेपाल तरुण दलले आज ३८ औ वी.पी स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाउदैछ ।