अविरल वर्षाका कारण पर्वत कारागार भत्कियो: महिला वन्दीलाई अन्यत्र सार्ने तयारी

20

पर्वत/दुई दिन देखिको अबिरल बर्षाका कारण पर्वत कारागार भत्किएको छ । बर्षाका कारण कारागारको महिला बन्दीगृह तर्फको मुख्य पर्खाल भत्किएको हो । पर्खाल भत्किएपछि महिला बन्दी गृहमा रहेका बन्दीहरुलाई अन्यत्र सार्ने तयारी थालिएको छ । महिला बन्दी गृहमा ७ जना बन्दी रहेका छन । उनीहरुलाई बागलुङ वा म्याग्दीमा लैजाने तयारी भैरहेको प्रमुख जिल्ला जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

त्यहाँ ठाउँ नभएमा अन्यत्र पनि लान सकिने प्रजिअ रेग्मीले बताउनुभयो । पर्वत कारागारका सबै संरचना जीर्ण भएका छन । कारागारमा महिला बन्दी गृह बनाउन शुरु गरिएपछि बजेट अभाबमा एक दशक देखि अलपत्र छ । अलपत्र भएको बन्दै गरेको महिला बन्दीगृहको पर्खाल पनि भत्कने अबस्थामा पुगेको छ ।