स्वर्गीय कर्णबहादुर मल्लको निधनप्रति पर्वत काँग्रेसका नेताहरुद्वारा श्रद्धाञ्जली व्यक्त

पर्वत/कुश्मा नगरपालिका वडा नं. १ निवासी नेपाली काँग्रेसका नेता तथा क्रियाशिल सदस्य स्व. कर्ण बहादुर मल्लको निधनको १३ औ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेस वडा कार्यसमिति पाङको आयोजनामा श्रद्धाञ्जी सभाको आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले कणर्बहादुर मल्ल जस्ता इमान्दार कर्तव्यनिष्ठ र पार्टीप्रति प्रतिवद्ध र सक्रिय कार्यकर्ताको निधनले नेपाली काँग्रेसलाई अपुरणिय क्षति पुगेको बताउनुभयो । उहाँहरु जस्ताको योगदानका कारण आज नेपाली काँग्रेस यो अवस्थामा आईपुगेको बताउँदै उहाँहरुका सपना पुरा गर्न नेपाली आम नेता तथा कार्यकर्ताहरु सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले नेपाली काँग्रेस पर्वतले स्वर्गिय मल्लको भावनाको सदैव कदर गर्ने पनि बताउनुभयो । नेपाली काँग्रेस महाधिवेशनको तयारीमा जुटिरहेका बेला शोकलाई शक्तिमा बदलेर पार्टीको थप सदृढिकरणमा लाग्न समेत उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सचिब अशोक उच्चै ठकुरी, काँग्रेस युवा नेता तथा महाधिवेशन प्रतिनिधि युवराज जोशी, नेपाली काँग्रेस जिल्ला सदस्य कुलप्रसाद शर्मा, डा. चुडामणी शर्मा, सरस्वती शर्मा जिज्ञाशु, शिक्षक युनियनका पूर्व सचिव बालकृष्ण बास्तोला अन्तर्राष्ट्रिय पर्वत समाजका संस्थापक अर्जुन श्रेष्ठ, प्रेस यूनियन पर्वतका अध्यक्ष माया अधिकारी, महिला संघका कार्यवाहक सभापति मुना शर्मा लामिछाने, कर्मचारी युनियनका पूर्व अध्यक्ष ध्रुव सुवेदी, हेमशर्मा पौडेल, विरेन्द्र रिजाल लगायतले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाली काँग्रेस पाङका सभापति खगराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब इश्वरीप्रसाद सुवेदीले गर्नुभएको थियो । मल्लको यहि साउन ११ गते ८० वर्षको उमेरमा निधन भएको थियो ।