स्वर्गीय टिकाबहादुर प्रसाईको नवौँ स्मृति दिवसमा विभिन्न रोगका पीडितहरूलाई आर्थिक सहयोग

101

पर्वत/शिक्षाप्रेमी व्यक्तित्व स्वर्गिय टिका वहादुर प्रसाईको नवौ स्मृति दिवसको अवसरमा विभिन्न विरामीहरुलाई आर्थिक सहयोग प्रदान गरिएको छ । स्वर्गिय प्रसाईको स्मृतीमा स्थापित अमरटिका शिक्षा, स्वास्थ्य एवम् सामाजिक विकास प्रतिष्ठान, नेपालद्वारा विहिवार कुश्मावजारमा आयोजित एक कार्यक्रमको विच सो राहात सहयोग वितरण गरिएको हो । यसरी सहयोग पाउनेहरुमा पर्वत जिल्ला फलेवास नगरपालिका, वडा नं. २ का मृगौला पिडित गणेश श्रेष्ठ, वडा नं. ६ फलेवास निवासी मृगौला पिडित विष्णु वहादुर सुनार, महाशिला गाउपालिका, वडा नं. ३ निवासी मृगौला पिडित सविना गुरुङ्ग, वडा नं. १ होश्राङ्दीका मृगौला पिडित सुनसरी सुनार, मोदी गाउँपालिका, वडा नं. २ का मृगौला पिडित रण वहादुर हमाल, वडा नं. ६ का मृगौला पिडित गिता खत्री हुनुहुन्छ । कार्यक्रममा मोदी गाँउपालिका वडा नं. ६ राटमाटाका मृगौला पिडित कृष्ण वहादुर लामिछाने, वडा नं. २ देउपुरका मृगौला पिडित कृष्ण घर्ति, कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गका मृगौला पिडित सिता पौडेल र वडा नं. ४ का पेट सम्वन्धि समस्यावाट पिडित रश्मी परियारलाई सहयोग प्रदान गरियो । स्वास्थ्य समस्यावाट पिडितलाई प्रतिव्यक्ती जनही दश हजारका दरले सहयोग प्रदान गरिएको छ ।

कार्यक्रममा जिल्ला अस्पताल सहयोग समितिलाई २१ हजार रुपैयाँ, जिल्ला अदालत वार इकाईलाई १० हजार रुपैयाँ र जनआन्दोलनका घाईते उमाकान्त अधिकारीलाई ५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको प्रतिष्ठानका उपाध्यक्ष सावित्री खत्री क्षेत्रीले जानकारी दिनु भयो । कार्यक्रममा स्वर्गिय प्रसाईले अन्तिम अवस्थामा अध्यापन गर्नु भएको मोदी वडा नं. ५ स्थित विश्वशान्ति आधारभुत विद्यालयलाई मास्क, स्यानीटाईजर, बालबालिकालाई झोला र शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । विगतमा पनि प्रतिष्ठानले रोटरी एम्वुलेन्स सेवाको लागि आर्थिक सहयोग, इनरह्वील बालिका शैक्षिक अक्षय कोष स्थापना, विपन्न बालबालिकालाई शैक्षिक सहयोग, रेडियो समृद्ध नेपालको सञ्चालन लगायत दर्जनौ सामाजिक कार्यहरु गर्दै आई रहेको छ ।

स्मृती सभामा वोल्दै कार्यक्रमका प्रमुख अतिथि संघिय शांसद लालकाजी गुरुङले हरेक सन्नतीले आफ्ना पितृको नाममा केही न केही पवित्र कार्य गर्ने हो भने समाजका दिनदुखीहरुको पिडामा राहत पुग्ने वताउदै अमरटिका प्रतिष्ठानले सामाजिक क्षेत्रमा अनुकरणीय कार्य गरेको वताउनु भयो । आफ्नो सहकर्मीको रुपमा स्वर्गिय टिका वहादुर प्रसाईलाई स्मरण गर्दै उहाँले प्रसाई एक पवित्र आत्मा भएको, सामाजिक सोचको धनि, शैक्षिक व्यक्तित्व भएको वताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथि संविधान सभाका सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले स्वर्गिय टिका वहादुर प्रसाईको असल व्यक्तित्वको कारण समाजमा उहाँका धेरै अनुयायी रहेको वताउनु हुँदै समाजको सोच सकरात्मक नवनेसम्म यस्ता व्यक्तित्वको मुल्यांकन हुन नसक्ने वताउनु भयो । कार्यक्रममा नेकपा गण्डकी प्रदेश सदस्य मेघनाथ सुवेदीले यस किसिमका सामाजिक व्यक्तित्व राजनीति गर्नेहरुको लागि समेत प्ररणाको स्रोतको रुपमा रहने वताउनु भयो । यसै गरी नेपाली कांग्रेसका पुर्व पाटी सभापती नवराज गुरुङले स्वर्गिय प्रसाई आफ्नो पनि सामाजिक प्रेरणाको स्रोत भएको वताउदै राजनीतिमा निष्ठा र सामाजिक भावना हुन जरुरी भएको वताउनु भयो ।

कार्यक्रममा वोल्दै फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्माले प्रतिष्ठानको अनुकरणीय कार्यवाट सवैले सिक्नु पर्ने वताउनु भयो । मोदी गाँउपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले स्वर्गिय प्रसाई आफ्नो जीवन गुरु र शैक्षिक सहकर्मीको रुपमा कहिल्यै विर्सन नसक्ने व्यक्तित्व भएको वताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य वसन्तवहादुर सिके., पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडी गिरी, व्रम्हाकुमारी इश्वरीय विश्व विद्यालय, कुश्माकी सञ्चालिका वम्हाकुमारी राधिका, लोकतान्त्रिक गैसस महासंघ पर्वतका अध्यक्ष गणेश वहादुर क्षेत्री, पर्वत वार इकाईका अध्यक्ष चन्द्र वहादुर क्षेत्री, नेष्डो नेपालका अध्यक्ष रत्नप्रसाद अधिकारी लगायतले स्वर्गिय प्रसाई र उहाँको परिवारको सामाजिक योगदानको चर्चा गर्नु भएको थियो ।

स्मृती सभा प्रतिष्ठानका अध्यक्ष विश्वप्रकाश प्रसाईको अध्यक्षता, महासचिव नारायण प्रसाईको सञ्चालन तथा स्वर्गिय प्रसाईकी धर्मपत्नी जोगमायाँ प्रसाईको धन्यवाद मन्तव्यको साथ समापन भएको थियो ।