Friday, June 26, 2026

समाचार

माघ,३–पर्वत/कुस्मा नगरपालिका वडा नं १ मालढु¬ंगामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । घटनास्थलमा ३ जना र अस्पतालमा उपचारका क्रममा ४ जनाको मृत्यु भएको हो । म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस बिहान सवा ८ बजे दुर्घटना भएको थियो ।...
माघ,३–पर्वत/महाशिला गाउँपालिकाले झण्डै ३५० बाँदर नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जमा पु¥याएको छ । बाँदरले बालीनाली सखाप पारेको गुनासो आएपछि महाशिलाले अभियान नै चलाएर बाँदर समातेर चालू आर्थिक वर्षको कात्तिक महीनासम्म नियन्त्रणमा लिइएका ३३० बाँदर गत साता निकुञ्जमा पु¥याइएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो । उहाँका अनुसार यतिको सङ्ख्यामा बाँदर...
माघ,३–पर्वत/नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व साँसद अर्जुनप्रसाद जोशीले नेकपा नेतृत्वको वर्तमान सरकारलाई कुहिएको फर्सीको संज्ञा दिनुभएको छ । कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा पर्वतको साविक बाच्छा र पाङराङ गाविसमा पुग्नुभएका जोशीले कार्यकर्ताहरुलाई सम्बोधन गदै नेकपा सरकार बाहिरवाट हेर्दा सग्लो देखिएपनि भित्रभित्रै कुहिएको फर्सी जस्तै भएको टिप्पणी गर्नुभयो । यिनीहरुले जनसमुदायमा भ्रम...
पौष २४, पर्वत/कुश्मा नगरपालिका ३ दुर्लुङमा सामुदायिक भवनको उद्घाटन गरिएको छ । जय माँ आमा समूहले २६ लाख ५० हजारको लागतमा निर्माण गरेको उक्त भवनको प्रतिनिधीका साँसद लालकाजी गुरुङले सोमवार दुर्लुङमा आयोजित कार्यक्रममा उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै गुरुङले आर्थिक उपार्जनमा लाग्न स्थानीयलाई सुझाव दिनुभयो । उहाँले आर्थिक उपार्जनका...
पौष २४, पर्वत/यसक्षेत्रकै सामाजिक एवं राजनीतिक अगुवा स्वर्गिय अमृतप्रसाद जोशीको ११ औँ स्मृति दिवश सोमवार पर्वतमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । अमृत जोशी स्मृति प्रतिष्ठानको आयोजनामा ११ औँ स्मृति दिवश मनाइएको हो । कार्यक्रमका अवसरमा एसईइ परिक्षामा उत्कष्ठ अंक ल्याएर उतिर्ण भएका ९ जना बिद्यार्थी, साहित्यकार शान्तीनारायण श्रेष्ठ...
पौष २३,पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले वर्तमान सरकारले धर्मलाई संस्थागत व्यापार बनाएको आरोप लगाउनु भएको छ । जलजला गाउँपालिका–२ बगरफाँटस्थित सिद्धबाबा प्राथमिक विद्यालयले आयोजना गरेको महायज्ञमा सम्बोधन गर्दै केन्द्रीय सदस्य जोशीले उक्त कुरा वताउनु भएको थियो । सनातन धर्मले नै समाज र व्यक्तिलाई सत्चरित्र, सत्मार्ग...
पुष १२, पर्वत/नेपाली काँग्रेस पर्वतका प्रभावशाली नेता स्वर्गिय डिल्लीराम लामिछानेको तेश्रो स्मृति दिवसको सन्दर्भ पारेर डिल्लीराम लामिछाने समृति प्रतिष्ठान पर्वतले सिद्घेश्वर आधारभूत विद्यालय पिपलटारीमा विहिवार कम्प्युटरसहित शैक्षिक सामाग्री वितरण गरेको छ । कार्यक्रममा प्रतिष्ठानका तर्फबाट कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको थियो । सामग्री हस्तान्तरणपछि बोल्दै नगरप्रमुख...
पुष १२, पर्वत/स्थानीय सरकारलाई जानाकारी नदिइ प्रहरीले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेपछि गाउँपालिकाले आपत्ति जनाएको छ । प्रहरी र प्रशासनले आफूहरुलाई जानाकारी नदिइ कार्यक्रम राखेको भन्दै जलजला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु कार्यक्रममा अनुपस्थित भएपछि कार्यक्रममा जनसहभागिता समेत निकै कम भएको छ ।  सेवाप्रदायक निकाय र सेवाग्राहीबिच हुनुपर्ने सार्बजनिक सुनुवाईमा सेवाप्रदायक स्थानीय...
पुष ८,पर्वत/भूकम्पपछि कोहि आफन्तको शरणमा बसेका छन् । कोहि गाउँनै छोडेर हिँडेका छन् । कोहि जोखिम मोलेर बसिरहेका छन् । जिल्लाको फलेवास नगरपालिका– ८ ठानामौलाको अर्चले गाउँ बस्ती माथिको पहिरो र तलवाट पनि पहिरो जाने समस्याले ग्रसित छ । भूकम्प पश्चात गाउँमा यस्तो विपत्ती निम्तिएको हो । ‘तल हेरेनी...
पुष ८,पर्वत/कुश्मा हुँदै म्याग्दीको दानासम्म निर्माणाधिन कालीगण्डकी करिडोर प्रसारण लाईनलाई रुख कटानको आदेश नहुँदा काम प्रभावित भएको छ । रुख कटान गर्न वन कार्यालयले रोक लगाएपछि आयोजना प्रभावित भएको हो । वन डिभिजन कार्यालय पर्वत र म्याग्दीले रुख कटान आदेश नदिँदा राष्टिूय प्राथमिकता प्राप्त खुर्कोट( दाना प्रसारण लाईनको काम...

This will close in 0 seconds