पर्वत/नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व अर्थ मन्त्री महेश आचार्यले वर्तमान कम्युनिष्ट सरकारले सवैधानिक अंगमाथि नाङ्गो हस्तक्षेप गरेको आरोप लगाउनुभएको छ । आचार्यले आइतवार पर्वतको कुश्मामा नेपाली काँग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै संविधान पाईलैपिच्छे कुल्चेर सरकार अगाडी बढेको उल्लेख गर्नुभएको हो ।
नेता आचार्यले संबैधानिक आयोगमा भएको नियुक्ती, विभिन्न न्यायिक समितिमा भएको नियुक्ति, निर्वाचन आयोगमा झएको नियुक्ती, राजदूतहरुको नियुत्ती जस्ता विषयमा संविधान उलंघन गरेको बताउनुभयो । प्रदेश र स्थानीय तहहरुलाई शशक्त वनाउनुपर्नेमा सरकारले बजेट, अधिकार र सबै स्रोत केन्द्रमै मात्रै राखेर प्रदेश र स्थानीय तहलाई कमजोर बनाएको पनि बताउनुभयो । उहाँले काँग्रेस सरकारका पालामा शुरु भएका योजनाहरु कटौती गर्न थालेकोमा असन्तुष्टि जनाउनुभयो । आफ्नो पार्टिमा देखिएको कमजोरीका बारेमा बोल्दै आचार्यले महासमिति बैंठकमा भएका सम्झौताहरु कार्यान्वयन गर्न सभापतिसंग बसेर समाधान गर्न आफु केन्द्रित हुने बताउनुभयो । एउटा निवार्चनमा हार्दैमा काँग्रेसजनहरु अतालिनु नपर्ने बताउँदै स्थानीय तह, भातृ तथा स्वेछुक संस्थामा रहेका काँग्रेसजनहरु संगठन बिस्तार गर्न गाउँगाउँ जान उहाँले सुझाव दिनुभयो ।
नेपाली काँग्रेस पर्वतका उपसभापति दुर्गाबहादूर खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा म्याग्दीका पूर्व सभासद रेशम बानिया, पर्वतका पूर्व पार्टी सभापति नवराज गुरुङ, प्रदेश सभाका सदस्य ललितकला गुरुङ, महासमिति सदस्य बसन्तबहादुर सि.के, कुस्मा नगरपालिकाका उपमेयर सीताकाफ्ले लामिछाने,काँग्रेस पर्वतका नेता राम शर्मा पौडेल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका कोषाध्यक्ष तथा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल‘रामकृष्ण’ले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव विश्वप्रकाश प्रसाईले गर्नुभएको थियो । साथै ऊक्त कार्यत्रमको संयोजन नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य डा.चूडामणि शर्माले गर्नुभएको थियो ।