फागुन, २७–पर्वत/नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ओली सरकारबाट जनताहरुले दुख पाएको वताउनु भएको छ । पार्टी संगठनको सुदृढिकरणको अभियान अन्तरगत तीनदिने धौलागिरीको भ्रमणमा निस्कुनु भएका सभापति देउवाले सोमवार विहान नेपाली काँग्रेस जलजला गाउँ कार्य समिति पर्वतले जलजला ४ मोहनचोकमा आयोजना गरेको नेपाली काँग्रेस जलजलाको पाटी भवन...
फागुन, २६–पर्वत/नेपाली काँग्रेस जलजला गाउँ कार्य समिति पर्वतको आइतवार विहान हुने भनिएको पार्टी भवन शिलन्यास कार्यक्रम नेपाली काँग्रेस पर्वतका महाधिबेशन प्रतिनिधि थमनबहादुर गुरूङको शुक्रवार राति भएको असामयिक निधनपछि फागुन २७ गते विहान १० बजेलाई सारिएको छ ।
जिल्ला नेता एवं महाधिबेशन प्रतिनिधि गुरुङको शोकमा नेपाली काँग्रेस पर्वतले तीनदिन शोक मनाउने...
फागुन, २३– पर्वत/ नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन तीनदिने धौलागिरी भ्रमणमा आउनुहुनेभएको छ । गत निर्वाचनमा धौलागिरीबाट काङ्ग्रेसलाई नराम्रो धक्का लागेपछि सभापति देउवाले पार्टी संगठनका विभिन्न कार्यक्रमहरु लिएर धौलागिरी आउन लागेको केन्द्रीय कार्यालयले जानाकारी दिएको छ । पार्टी सभापति देउवा कार्यकर्ता भेटघाट...
मकाउ १९, फेब्रुअरी : नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा मूख्य सचेतक बालकृष्ण खाँडले ओली सरकारको दम्भ र अहंकारका कारण लोकतान्त्रिक गणतन्त्रमाथि खतरा बढिरहेको वताउनु भएको छ । नेता खाँडले नेपाली जनसम्पर्क समिति मकाउले आयोजना गरेको प्रजातन्त्र दिवसलाई सम्बोधन गर्दै उक्त कुरा वताउनु भएको हो । नेता खाँडले मुलुकका हरेक...
फागुन,१–पर्वत/प्रमुख जिल्ला अधिकारीको काम शान्ति सुरक्षा कायम राख्ने हो । जिल्लामा भएका सरकारी कार्यालयबिच समन्वय गर्ने हो । राजनीतिक पार्टीबिच समदुरीको सम्बन्ध राख्ने हो । सबै राजनीतिक पार्टी, जातजाति, भाषा, धर्मसबैलाई समान रुपमा ब्यवहार गर्ने उनको दायित्व हो । तर पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल भने राजनीतिक पार्टीको...
फागुन २१ गतेभित्रै सवै तहका लागि आवश्यक कानून निर्माण भैसक्ने राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको दावी
माघ,२८–पर्वत/राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी फागुन २१ गतेभित्रै सवै तहका लागि आवश्यक कानून निर्माण भैसक्ने बताउनुभएको छ । पर्वतको सदरमुकाम कुश्माबजारमा आयोजित गण्डकी प्रदेश स्तरीय महिला महोत्सवको आइतवार उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले संविधानले व्यवस्था गरेका सवै कानून र ऐनहरु बनिसकेको बताउँदै संघ, प्रदेश र स्थानीय तहका लागि आवश्यक ऐन...
माघ,२८–टोकियो/नेपाली जनसम्पर्क समिति जापानले विभिन्न ९ बुँदे माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति जापानले नेपाली दूतावासमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
समितिले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको दुई तिहाईको सरकारले देशमा सुशासन कायम गर्न नसकेको भन्दै जनताका एजेण्डा...
२७, माघ–पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशी पहिलोपटक नेकपा सरकारविरुद्ध आक्रामक ढंगले प्रस्तुत हुनुभएको छ । निर्वाचनताका पोखरा–बागलुङ–बेनी रेल ल्याउने र कुश्मामा रेलवेस्टेशन बनाउने आश्वासन बाँडेर फर्केका केपी ओली र नेकपाका नेताहरुलाई आइतवार काँग्रेस नेता जोशीले त्यही मञ्चबाट कुश्मामा रेल ल्याए आफू नेकपाकै झोला बोक्न तयार...
माघ,२२–पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बीरबहादुर बलायरले नेकपा सरकारले काँग्रेसलाई जिस्काएर आफ्नो म्याद घटाएको वताउनु भएको छ । सरकारको पछिल्ला क्रियाकलापकाविरुद्धमा काँग्रेसले देशव्यापी आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्न सोमवार पर्वत आउनु भएका बलायरले नेकपा सरकारले देशमा हिंसा, हत्या, बलत्कार र भष्ट्राचारलाई चरम शिखरमा पु¥याएर जनतालाई सास्ती दिएकोले...
माघ,१३–पर्वत/कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले नगरपालिकाबाट बिनियोजन भएको बजेटलाई दुरूपयोग हुन नदिन वडाबासीहरूलाई सुझाव दिनुभएको छ । उपप्रमुख लामिछानेले कुश्मा नगरपालिका वार्ड नं १२ पकुवामा शुरू भएको चौंथो पकुवा महोत्सव एवं विविध खेलकुद तथा सास्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा वताउनु भएको हो । काफ्लेले कुश्मा नगरपालिकाले कृषि...









