Monday, May 11, 2026

राजनीति

माघ, १२–पर्वत/ सरकारका पछिल्ला गतिविधि, निर्मला पन्तको बलात्कार पछि हत्या र न्याय दिन नसकेको, कांग्रेस नेताका नामका अस्पताल विघटन गर्न खोजेको, चिकित्सा शिक्षा विधेयक जस्ता कारण देखाउँदै पोखरामा शुक्रबार नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले बृहत विरोध प्रदर्शन गरेको छ। तरुण दलको केन्द्रीय कार्यक्रम अनुरुप आयोजित विरोध र्‍याली पोखराको मानवाधिकार...
माघ–९,पर्वत/ नेपाल प्रेश यूनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले सरकारले प्रेशमाथी हमला गरेको बताउनुभएको छ । पर्वतको कुश्मामा प्रेश यूनियन पर्वतको पाँचौ अधिबेशनबाट निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र बितरण गर्न आयोजित कार्यक्रममा बोल्दै सिग्देलले उक्त कुरा बताउनुभएको हो । सिग्देलले वर्तमान सरकारले पत्रकारलाई विकृति, बिसंगती, बलत्कार, हत्या, हिँसा, कुसासनको बारेमा समाचार नलेख्न दवाव...
माघ–९,पर्वत/प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल मंगलबारबाट सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिएको छ । तरुण दलले सरकार विरुद्ध सातवटै प्रदेशमा सडक आन्दोलन गर्ने यसअघि नै घोषणा गरेको थियो । सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार, महंगी, मूल्यबृद्धी, प्रेसमाथिको हस्तक्षेपसँगै वाइडबडी प्रकरण, निर्मला पन्त हत्या प्रकरणलगायतका गैर–कानुनी र अलोकतान्त्रिक क्रियाकलापका...
माघ,३–पर्वत/नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व साँसद अर्जुनप्रसाद जोशीले नेकपा नेतृत्वको वर्तमान सरकारलाई कुहिएको फर्सीको संज्ञा दिनुभएको छ । कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा पर्वतको साविक बाच्छा र पाङराङ गाविसमा पुग्नुभएका जोशीले कार्यकर्ताहरुलाई सम्बोधन गदै नेकपा सरकार बाहिरवाट हेर्दा सग्लो देखिएपनि भित्रभित्रै कुहिएको फर्सी जस्तै भएको टिप्पणी गर्नुभयो । यिनीहरुले जनसमुदायमा भ्रम...
पौष २४, पर्वत/यसक्षेत्रकै सामाजिक एवं राजनीतिक अगुवा स्वर्गिय अमृतप्रसाद जोशीको ११ औँ स्मृति दिवश सोमवार पर्वतमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । अमृत जोशी स्मृति प्रतिष्ठानको आयोजनामा ११ औँ स्मृति दिवश मनाइएको हो । कार्यक्रमका अवसरमा एसईइ परिक्षामा उत्कष्ठ अंक ल्याएर उतिर्ण भएका ९ जना बिद्यार्थी, साहित्यकार शान्तीनारायण श्रेष्ठ...
पौष २३,पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले वर्तमान सरकारले धर्मलाई संस्थागत व्यापार बनाएको आरोप लगाउनु भएको छ । जलजला गाउँपालिका–२ बगरफाँटस्थित सिद्धबाबा प्राथमिक विद्यालयले आयोजना गरेको महायज्ञमा सम्बोधन गर्दै केन्द्रीय सदस्य जोशीले उक्त कुरा वताउनु भएको थियो । सनातन धर्मले नै समाज र व्यक्तिलाई सत्चरित्र, सत्मार्ग...
पुष ६ पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जनतालाई स्थानीय सरकारको अनुभूति दिनेगरि काम गर्न केन्द्र सरकार र प्रदेश सरकारले बाधा पु¥याएको वताउनु भएको छ । जलजलाको पाँचौं गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले उक्त कुरा वताउनु भएको हो । अध्यक्ष मल्लले सिंहदरबारको अधिकार गाउँगाउँमा भनेर जनतामा व्यापक प्रचार गरिएपनि...
पुष ३,पर्वत/स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा देशभरका स्थानीय तहको कार्यालयको कामकाज ठप्प पार्दै आन्दोलनमा उत्रिएका बेला जलजला गाउँपालिकामा कार्यरत कर्मचारीहरुले समेत आन्दोलन परिचालन समिति गठन गरि आन्दोलनमा उत्रेका छन् । जलजला गाउँपालिकाका सामाजिक विकास अधिकृत लिलाधर सुवेदीको संयोजकत्वमा गठन भएको आन्दोलन परिचालन समितिले ‘कर्मचारी समायोजन अध्यादेश’ले आफूहरुलाई...
मंसीर २९, पर्वत/स्थानीय तहले गरेका कतिपय निर्णयको सर्वसाधारणले विरोध गरिरहेका बेला पर्वतको फलेवास नगरपालिकाले पुन विवादास्पद निर्णय गरेको छ । नगर कार्यपालिकाले नगर क्षेत्रभित्रका माटो र ढुंगाको गारो भएका कच्ची घरको पनि नक्सापास अनिवार्य गरेको हो । नगरपालिकाले यसको सूचना जारी गरेपछि बहस सुरु भएको छ । गत बुधबार जारी सूचनामा...
मंसीर २८, पर्वत/प्रहरी प्रशासनले विनाकारण दुख दिन थालेपछि पर्वतमा संचालित क्रसर उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतले दैनिक आधादर्जन प्रहरी क्रसर उद्योगमा खटाएर धरपकड गर्नेगरेको कालीगण्डकी क्रसर उद्योग सहश्रधाराका सह–संचालक लालबहादुर मल्लले जानाकारी दिए । ‘हरेक दिन उद्योगभित्र पसेर प्रहरीले मजदूरहरुलाई धरपकड गर्ने र...