मकाउ १९, फेब्रुअरी : नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा मूख्य सचेतक बालकृष्ण खाँडले ओली सरकारको दम्भ र अहंकारका कारण लोकतान्त्रिक गणतन्त्रमाथि खतरा बढिरहेको वताउनु भएको छ । नेता खाँडले नेपाली जनसम्पर्क समिति मकाउले आयोजना गरेको प्रजातन्त्र दिवसलाई सम्बोधन गर्दै उक्त कुरा वताउनु भएको हो । नेता खाँडले मुलुकका हरेक परिवर्तनका आन्दोलनहरुदेखि जनताको सर्वोच्चता सहितको लोकतान्त्रिक संविधान काँग्रेसकै अगुवाईमा जारी भएको उल्लेख गर्दै मुलुकको आर्थिक समृद्धिको संकल्प पनि काँग्रेसकै नेतृत्वमा पुरा हुने दावी गर्नुभयो । पूर्व रक्षामन्त्री समेत रहेका खाँडले काँग्रेसलाई एकतावद्ध भएर संगठन निर्माणमा जुट्न जनसम्पर्क समितिलाई आग्रह गर्नुभयो ।
उक्त कार्यक्रममा बिशेष अतिथि नेपाली काँग्रेसका माननीय सांसद एवं पूर्ब सिंचाई मन्त्री संजय गौतम र नेपाल तरूण दलका केन्द्रिय कोषाध्यक्ष बिद्धान गुरूङले दुईतिहाई बहुमतमा रहेको ओली सरकारले जनतालाई लोकतन्त्रको अनुभूति दिन नसकेको दावी गर्नुभयो । उहाँहरुले मुलुकमा भष्ट्राचार बढेको, महंगीले सीमा नाघेको, हिंसा र अपराधलाई राज्यलेनै संरक्षण गरेको उल्लेख गर्दै सरकारका ज्यादती विरुद्ध आन्दोलन गर्न जरुरी भएको वताउनु भएको थियो ।
उक्त कार्यक्रममा तरूण पर्बतका अध्यक्ष तोरण मल्ल, नेपाली जनसम्पर्क समिति हंगकंगका पूर्व सभापति जगत शाह, नेपाली जनसम्पर्क समिति हंगकंगका पूर्व सभापति कुल प्रसाद गुरूङ, नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति अम्बिर जोशी, पूर्व सभापति शुदर्शन थापा, नेपाली जनसम्पर्क समिति हंगकंगका उप सभापति बिष्णु श्रेष्ठ, नेपाली जनसम्पर्क समिति हंगकंगका पूर्व उपसभापति काजी गुरूङ, पूर्व जन प्रगतिशील मञ्चका उपाध्यक्ष पदम सिंह पन्त साथै मकाउमा कार्यरत रहनु भएका काँग्रेसीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि, बिशेष अतिथि र अतिथीहरूले देशको समसामयिक बिषयमा चर्चा परीचर्चा गर्नुका साथै नेपाली काँग्रेसको बर्तमान अबस्था र भाबी रणनितिका बारेमा पनि चर्चा गर्नु भएको थियो कार्यक्रममा नेपाल एअरपोर्टमा बिदेशीएका श्रमिकहरूले ल्याएका सामानहरूमा भन्सारले खेलेको रणनितिका बारेमा पनि खुलेरै बिरोध गरीएको थियो।नेपाली जनसम्पर्क समिति मकाउको तर्फबाट हंगकंग ट्रान्जिट भिषाको बारेमा पत्र लेखि माननीय सांसद बालकृष्ण खाँडलाई सभापति लेख बहादुर गुरूङले पत्र हस्तान्तरण गरीएको थियो।
कार्यक्रममा महासमिति सदस्यहरू लेख बहादुर गुरूङ, चण्डी प्रसाद योङ्या र शुदर्शन थापा मगरलाई खादा लगाएर सम्मान गरीएको थियो भने किक बक्सिङ खेलाडी शंकर धमलाले हंगकंगमा भएको थाईमुई खेलमा स्वर्ण पदक बिजयी भई नेपाल र नेपालीको गौरव राखेका कारण खाँदा लगाई सम्मान गरीएको थियो।कार्यक्रममा नेपाली जनसम्पर्क समिति मकाउका कार्य समितिका पदाधिकारीहरूलाई प्रमुख अतिथि बालकृष्ण खाँड र बिशेष अतिथि संजय गौतमले खाँदा लगाई प्रमाण पत्र बितरण गर्नु भएको थियो।
नेपाली जनसम्पर्क समिति मकाउ सन २०१३ को जुन १४ का दिन नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा अम्बिर जोशीको नेतृत्वमा २७ सदसीय कार्य समिति गठन गरीएको थियो त्यस पछि सन २०१५ देखि सन २०१८ सम्म शुदर्शन थापा मगरको नेतृत्वमा नेपाली जनसम्पर्क समिति मकाउको नयाँ कार्य समिति गठन गरीएको थियो भने सन २०१८ देखि सन २०२० सम्मका लागि लेख बहादुर गुरूङको नेतृत्वमा २५ सदसीय कार्य समिति गठन गरीएको छ।
यसै कार्य समितिले नै नेपाली जनसम्पर्क समिति मकाउको छैठौ बार्षिक उत्सब भब्यताको साथ मनाएको छ। बार्षिक उत्सव कार्यक्रमको सभापतित्व सभापति लेख बहादुर गुरूङले गर्नु भएको थियो।स्वागत मन्तब्य समितिका सह महामन्त्री शेखर बुढाथोकीले गर्नु भएको थियो भने कार्यक्रम संचालन महामन्त्री कर्ण बहादुर अधिकारीले गर्नु भएको थियो।