माघ,१३–पर्वत/कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले नगरपालिकाबाट बिनियोजन भएको बजेटलाई दुरूपयोग हुन नदिन वडाबासीहरूलाई सुझाव दिनुभएको छ । उपप्रमुख लामिछानेले कुश्मा नगरपालिका वार्ड नं १२ पकुवामा शुरू भएको चौंथो पकुवा महोत्सव एवं विविध खेलकुद तथा सास्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा वताउनु भएको हो । काफ्लेले कुश्मा नगरपालिकाले कृषि र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको जानाकारी गराउँदै वडामा आउने हरेक बजेट शीर्षकको बिषयमा जानाकारी राख्न र आफ्नो वडामा विनियोजित बजेटको पूर्ण उपयोग गर्न सुझाव दिनुभएको थियो ।
काफ्लेले पकुवा नगरपालिकाभित्रको उर्वर भूमि रहेको उल्लेख गर्दै पकुवामा भएको कृषिको सम्भावनालाई पहिचान गरेर बजेट विनियोजन गर्ने, जहरे सिंचाईंलाई पुरा गर्ने र पकुवामा खानेपानीको लागि एक घर एक धारा कार्यक्रम संचालन गर्ने र विद्यालयको भवन निर्माणमा समेत नगरपालिकाबाट सहयोग गर्ने प्रतिवद्घता जनाउनु भएको थियो । उपप्रमुख काफ्लेले आगामी दिनमा कुश्मा नगरपालिकाको तर्फबाट खेलकुदलाई प्रोत्साहन गर्नेखालका कार्यक्रमहरु ल्याउने प्रतिवद्घता जनाउनु भएको थियो ।
वीरेन्द्र माविका अध्यक्ष एवं नेपाली काँग्रेसका क्षेत्रीय कोषाध्यक्ष रमेशबम मल्ललगायतले बोल्नभएको थियो । वक्ताहरूले पकुवाका शिक्षास स्वास्थ्यस सिंचाईस खानेपानीस बाटो र बिजुलीका विभिन्न समस्याहरूका बारेमा जानाकारी गराएका थिए ।
क्लवका अध्यक्ष दिपीन मल्लको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन नेपाल प्रेस युनियन पर्वतका समावेसी उपाध्यक्ष ठाकुर रसाइलीले गर्नुभएको थियो भने स्वागत मन्तव्य क्लवका संरक्षक पूर्णबहादुर क्षेत्रीले राख्नुभएको थियो । कार्यक्रममा लोकगायक सुदिप क्षेत्री, सरु मगर, सुमन केसी, हिमाल शर्मा र कृष्ण शर्माले विभिन्न सांगितिक प्रस्तुति राख्नुभएको थियो । यही माघ ११ गतेबाट शुरू भएको उक्त महोत्सव माघ १५ गतेसम्म जारी रहने आयोजकले जनाएको छ ।






