पर्वत/जिल्लाको विहादी गाउँपालिकाले १५ र्औ सभा मार्फत आागामी बर्षको नीति तथा कार्यक्रम ल्याएको छ । गाउँ सभामा अध्यक्ष परविन गुरुङले प्रस्तुत गरेको आगामी बर्षको नीति तथा कार्यक्रम सर्वसहमत पारित भएको हो । गाउँ सभामा अध्यक्ष गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विहादी गाउँपालिका भित्रका युवाहरुलाई रोजगरा दिने गरी ग्रामीण स्वालम्बन कार्यक्रमको घोषणा गर्नुभएको छ । सम्भवतः गण्डकी प्रदेशमै पहिले ०८१/०८२ को बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको विहादी गाउँपालिकाले जनताका धेरै मुद्दाहरू सम्बोधन गरेर स्थानीय सरकारको अनुभव नागरिकलाई गराएको छ ।
आगामी आर्थिक बर्ष २०८१/८२ का लागि अध्यक्ष गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकता दिइएको छ । ग्रामीण विद्युतीकरणको क्षमता अभिबृद्धि गर्दै सडक बत्तिको परिकल्पना नीति तथा कार्यक्रममा गरिएको छ । भूमि वैंकको अवधारणलाई अगाढि बढाउने घोषणा गर्दै अध्यक्ष गुरुङले श्रम वैंकको अवधारणालाई कार्यान्वयन गरिने उल्लेख गर्नुभएको छ ।
नीति तथा कार्यक्रममा अध्यक्ष गुरुङले उत्पादन तथा काममा आधारित अनुदान कार्यक्रमलाई अघि सार्दै श्रमिकसंग गाउँपालिका अध्यक्ष कार्यक्रम आयोजना गरी सुचिकृत बेरोजगारीको गुनासो सुनुवाई कार्यक्रम सञ्चालन गर्ने उल्लेख गर्नुभएको छष।
स्थानीयबासीको स्वास्थ्यलाई लक्षित गरी आँखा उपचार केन्द्रको स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रसुती महिलाहरुको स्वास्थलाई ख्याल गर्दै ग्रामीण अल्ट्रा साउण्ड सेवा कार्यक्रमलाई विस्तार गरिने उल्लेख गर्दै अध्यक्ष गुरुङले सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीको नतिजा सन्तोषजनक नभएमा विषयगत शिक्षाको आन्तरीक सरुवा हुने नीति अगाडि सार्नुभएको छ । २० युनिटसम्मको शुल्क निशुल्क गरिने अवधारणा अगाडि बढाउने तथा जिर्ण पोलहरुको मर्मत ब्यवस्थापनको लागि पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
कृषि भूमिमा पानी सिंचाईमा लगानी कार्यक्रमका लागि संघीय सरकारसंगको समन्वयमा ४ करोडको लगानीमा बृहत सिंचाईका पूर्वाधार निर्माण गरिने र डिप बोरिङ आयोजना प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
एक टोल एक चौतारी कार्यक्रम सञ्चालन गर्दै जलवायू परिर्वतन सम्बन्धि कार्यक्रम गाउँपालिकाले सञ्चालन गर्ने भएको छ । समुन्नत विहादी सम्मानीत बिहादीबासीको नारा गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।






