संगठन सुदृढीकरणका लागि नेपाली काँग्रेस पर्वतको संगठन विभागले बनायो बार्षिक कार्ययोजना

22

पर्वत/पार्टी संगठनलाई थप गतिशील र प्रभावकारी बनाउन नेपाली काँग्रेस पर्वतको संगठन विभागले बार्षिक कार्ययोजना बनाएर ७ वटै पालिकाका ६१ वडामा सांगठनिक गतिविधि सञ्चालन गर्ने भएको छ । विभागको विहिवार कुश्मामा सम्पन्न वैठकले पार्टीको विधानले व्यवस्था गरेको अधिकारलाई प्रयोग गर्दै काँग्रेसको संगठनलाई वडातहसम्म सक्रिय बनाउने निर्णय गरेको हो । वैठकले संगठन विभागले गर्ने कार्यसम्पादनको वार्षिक कार्ययोजना पारित गरेको छ । जसमा आगामी भदौ महिना पश्चात पालिका हुदै वडा तहसम्म पुगेर पार्टीको संगठनको वारेमा अन्तरकृया गर्ने, कृयाशिल सदस्यताको नविकरण द्रुत गतिमा अगाडी वढाउने, वडा, पालिका, प्रदेश र जिल्ला कार्य समितिको नियमित वैठक र निर्णय कार्यन्वयनको अवस्था,शुभेक्षुक भातृ संस्थाको कृयाशिलताको अवस्था वारे अध्ययन गर्ने, हरेक ३/३ महिनामा संगठन विभागको वैठक वस्ने हरेक ४/४ महिनामा जिल्ला कार्य समितिमा प्रतिवेदन पेश गर्ने,६/६ महिनामा सुभेच्छुक र भातृ संस्थाहरुसंग वैठक वस्ने र हरेक बर्षको चैत मसान्त सम्ममा वार्षिक प्रतिवेदन तयार गरि जिल्ला कार्यसमितमिा पेश गर्ने लगायतका कार्यक्रमहरू पारित गरिएको संगठन विभागका सहसंयोजक गणेशबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसको विधानमा भएको व्यवस्था वमोजिम जिल्ला कार्य समिति र जिल्ला कार्यसमिति मार्फत क्षेत्रिय कार्यसमितिको क्रियाशिलता र कृयाकलाप वारे नियमित अनुगमन गर्ने र मुल्याक्न गर्ने, पार्टीका सवै निकायहरुको अनुगमन गर्ने, पार्टीका विभिन्न निकायहरुवाट प्राप्त सुझावहरुलाई लिपीवद्ध गर्दै कार्यान्वयन गर्ने गराउने । पार्टीको संगठन विस्तार र सुदृढीकरणका लागि आवश्यक कार्य गर्ने गराउने । अन्य विभागहरु संग समन्वय गरी पार्टीको संगठन विस्तारमा कृयाशिल रहने । मताहतका निकायमा आईपर्ने समस्याको समाधानका लागी विधानतः पहल गर्ने । निर्वाचनमा पार्टीको स्थीतिको समिक्षा गर्ने तथा पार्टीलाई विजयी गराउन आवश्यक रणनिति तयार गरि केन्द्रिय कार्यसमितिमा प्रस्तुत गर्ने निर्णय गरेको विभागका संयोजक एवं नेपाली काँग्रेस पर्वतका सहसचिव तिलक भुसालले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिको सभाहलमा भएको वैठकमा नेपाली काग्रेस जिल्ला कार्यसमितिका उपसभापती डा चुडामणी शर्मा, अर्का उपसभापति शिवशिवप्रसाद सुवेदी, सचिव गुप्तनिधि शर्मा, जिल्ला कार्यसमिति सदस्य ओमप्रसाद शर्मा घायल, जिल्ला कार्य समिति सदस्य राजु विक, ,प्रदेशसभा (क)का क्षेत्रीय सभापती राजकुमार क्षत्री, कुश्मा नगरपालिकाका सभापति किशोर भण्डारी, फलेवास नगरपालिकाका सभापति हिरामणी सापकोटा, जलजला गाउंपालिकाका सभापति ईन्दुप्रकाश शर्मा लगायतले संगठनको अवस्थाको वारेमा आआफ्नो भनाई राख्नुभएको थियो ।

कार्यक्रममा विभागका सदस्यहरुले आ आपनो सुझाव पेश गरेका थिए । नेपाली कांग्रेस पर्वतमा १० हजार १७ जना कृयाशिल सदस्य रहेको र नविकरणको प्रकृया चलेकाले सवै कृयाशिल सदस्यहलाई समयमा नै नविकरण गर्नका लागी समेत जोड दिईएको विभागका सदस्य सचिव कमलबहादुर अधिकारीले वताउनु भयो । विभागले वर्षादको समयमा आईपर्ने विपदमा जनतालाई सहयोग गर्नका लागि पार्टीका सबै तहका संगठनहरूलाई अपिल गर्ने निर्णय समेत गरेको छ ।

संगठन विभागका प्रमुख तिलक भुषालको अध्यक्षतामा सम्पन्न कार्यक्रमम स्वागत सह संयोजक गणेशवहादुर क्षत्री र संचालन सदस्य सचिव कमलबहादुर अधिकारीले गर्नुभएको थियो । संगठन विभागमा २१ सदस्य रहेका छन ।