पर्वत/तेस्रो राष्ट्रिय मगर महोत्सव कुश्मा शुरु भएको छ । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले महोत्सव संचालन गरेको हो । फागुन २६ गतेसम्म गरी १२ दिनसम्म संचालन हुने महोत्सवको पुर्व स्वास्थ्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले उद्घाटन गरे । महोत्सव उद्घाटन गर्दै प्रमुख सचेतक गिरीले मुलुकको आर्थिक अवस्था अब विस्तारै सुधार हुँदै जाने दावी गरे । इतिहासको कालखण्डमा नेपालको अर्थतन्त्र सवैभन्दा नाजुक अवस्थामा पुगेको बताउँदै यहाँभन्दा बिग्रिने ठाउँ नरहेकाले अब सुधार हुँदै जाने बताए ।
प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका गिरिले विश्वका विकसित देशहरुपनि आर्थिक संकटपछि विकासको चरम गतिमा अघि बढेको भन्दै नेपाल पनि अब आर्थिक हिसावले समृद्ध बन्दै जाने बताए । सांसद गिरीले मगर समुदायको पहिचान र संस्कृतिलाई जगेर्ना गर्नका लागि यो महोत्सव महत्वपुणर् रहेको भन्दै महोत्सवलाई सफल बनाउन सवैले सहयोग गर्न आग्रह समेत गरे ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भक्त कुवर, रेखा गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विक, कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।
महोत्सवमा २ सय २० वटा विभिन्न व्यावसायिक, कृषि तथा घरेलु उद्यमका स्टलहरु रहेका छन् भने १४ वटा होटल ब्यावसाय रहेका छन् ।
महोत्सव उद्घाटन पुर्व कुश्माबजारमा विभिन्न जातजाती, समुदाय र संस्कृतिका भेषभुषा सहित र्याली प्रदर्शन गरिएको थियो । ‘कला संस्कृतिको सम्वद्र्धनमा ऐक्यवद्धता, खेल, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धनमा मुख्य प्रतिवद्धता’ भन्ने मुल नाराका साथ शुरु गरिएको महोत्सवमा मोफसलकै सवैभन्दा ठुलो पुरस्कार राशिको खुल्ला अन्तरपालिका भलिवल प्रतियोगिता आयोजना गरिएको छ ।