पिलटारीको गहतेपोखरामा बाह्य खोप केन्द्र स्थापना

असोज, १४,पर्वत/को कुश्मा नगरपालिका वडा नं. १० पिलटारीको गहतेपोखरामा बाह्य खोप केन्द्र स्थापना गरिएको छ । स्थानीय स्वास्थ्य केन्द्र गाउँबाट केही टाढा रहेको र मुख्य बस्तीमा खोप केन्द्र नहुँदा साना बच्चा बोकेर खोपको लागि टाढा जानुपर्ने बाध्यता हटाउन केन्द्र स्थापना गरिएको हो । २ महिने बालक अमर अधिकारीलाई पोलियो थोपा खुवाउँदै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले केन्द्रको उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा बोल्दै नगरप्रमुख रामचन्द्र जोशीले राजनीतिक स्वार्थभन्दा माथि उठेर हरेक नागरिक विकासका लागि प्रतिबद्ध हुने हो भने हरेक ठाउँको विकास सम्भव रहेको बताउनुभयो । आँपूm एउटा पार्टीबाट निर्वाचित भएको भएपनि नगरप्रमुख भने सबै दलको साझा नेतृत्व रहेकोले आँपूmले कार्यसम्पादनको क्रममा कसैलाई पनि भेदभाव नगरी सार्वजनिक सेवाका कामहरुलाई बिशेष महत्व दिएको बताउनुभयो । विकासलाई आफुले संधै अर्जुनदृष्टि बनाउने गरेको प्रमुख जोशीले स्पष्ट पार्नुभयो । कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाकी उपप्रमुख सिता काप्mले लामिछानेले खोपकेन्द्र स्थापना भएसंगै बच्चाहरुको स्वास्थ्य पहुँचमा थप सुबिधा पुगेको उल्लेख गर्नुभयो ।

कुश्मा नगरपालिकाको कार्यालयले हरेक नागरिकका सुझाव र गुनासालाई बराबर महत्व दिएर काम गरिरहेको उहाँको भनाई छ । यस्तै, कार्यक्रममा बोल्दै एन.आर.एन. का प्रमुख सल्लाहकार गोविन्दप्रसाद सुवेदीले खोप केन्द्रको थप विकासको लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । उक्त सहयोग शौचालय निर्माणका लागि नगरपालिकाका प्रमुख रामचन्द्र जोशी मार्फत उपलब्ध गराउने सुबेदीले बताउनुभयो । यस्तै, पिपलटारीका वडाध्यक्ष सुजन बि.क.ले पिपलटारी सधैँ बत्ती मुनिको अँध्यारो जस्तै भएका कारण यसमा ध्यान दिन उहाँले नगरपालिकाको ध्यानाकर्षण गराउँदै अहिलेसम्म नगरपालिकाले गरेका काममा कुनै खोट नरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा कुश्मा नगरपाािलकाका स्वास्थ्य संयोजक उमाकान्त सापकोटा, जिल्ला स्वास्थ्य कार्यालयका खोप सुरभाईजर देवेन्द्रबहादुर गुरुङ, स्वास्थ्यकर्मी संघ नेपालका केन्द्रिय सदस्य तेजप्रसाद सुवेदी, जनक मा.वि. थुमका प्रधानाध्यापक टेकनाथ अधिकारी, नेपाली काँग्रेस गाउँ ईकाई समितिका सभापति बिष्णुहरि तिवारी, नेकपा गाउँ कमिटिका सचिव रामचन्द्र सुवेदी, कुश्मा नगरकार्यपालिकाका सदस्य देवेन्द्र नेपाली लगायतले पनि बोल्नुभएको थियो । वडाध्यक्ष सुजन बि.क.को अध्यक्षतामा भएको कार्यक्रमको संचालन स्वास्थ्य चौकीका ईन्चार्ज प्रदीप श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा खोप केन्द्र निर्माणको क्रममा खट्ने र सहयोग गर्ने बिभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो । उक्त खोप केन्द्र निर्माणको लागि स्वास्थ्य मन्त्रालयबाट २ लाख ३६ हजार रुपैयाँ बजेट बिनियोजन भएको थियो ।