पर्वतमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु हुँदै

असोज,१२,पर्वत/जिल्लामा चाडवाडलाई मध्यनजर राख्दै पर्वत प्रहरीले विशेष सुरक्षा योजना लागु गर्ने भएको छ । २१ गते देखि सुरक्षा योजना कडाईका साथ लागु गर्ने तयारी भएको पर्वतका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानाकारी दिनुभयो । सुरक्षा योजनाका बारेमा विहिवार पर्वतका पत्रकारहरुलाई जानकारी दिइएको छ । त्यस्तै सुझाव समेत संकलन गरिएको छ । शिवालयचोकमा चाडवाडमा हुने यात्रुहरुको आवागमनलाई सहज बनाउन यात्रु सहायता कक्षा निर्माण गर्ने बताइएको छ दशै, तिहार, छठ जस्ता ठुला पर्वहरुमा हुन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै जिल्ला प्रसासन र जिल्ला प्रहरी कार्यालयले सुरक्षा योजना बनाएका हुन् ।
चाडवाडमा हुनसक्ने संभावित चोरी, डकैती, ट्राफिक व्यवस्थापन, गस्ती , जाडरक्सी नियन्त्रण, होहल्ला नियन्त्रणका लागि प्रहरी क्रियाशिल भएर लाग्ने जनाइएको छ । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले चाडबाडलाई पूर्ण सुरक्षाका साथ मनाउने वाताबरण बनाउन कुनै कसुर वाकि नरहने बताउनुभयो । उहाँले बजारमा हुन सक्ने मिसावट, मुल्यवृद्धि, कृत्रिम अभावका बारेमा नियमित अनुगमन गरिने बताउनुभयो । देशका विभिन्न जिल्लाबाट चाड मनाउन आउेनलाई घर सम्म सहज रुपमा पुग्ने र फर्कने वाताबरण मनाउन प्रसासनले हरसंभव प्रयास गर्ने प्रजिअ ढकालले बताउनुभयो । स्थानीय तहहरुलाई दशैँ अगावै सडक सहज बनाउन समेत सुझाव दिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो ।
प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले संभावित घटनाहरुको सुक्ष्म अनुगमन गरेर पहिल्यै व्यवस्थापन गर्ने, चोक चोकमा प्रहरी परिचालन गर्ने, थप गस्ती बढाउने, मातहातका प्रहरीलाई पनि क्रियाशिल बनाएर टोलटोलमा पठाउने वताउनुभयो । नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, पूर्व अध्यक्ष ओमप्रसाद घायल, उपाध्यक्ष प्रनिश गिरी, पत्रकार अगन्धर तिवारी, गणेश पौडेल, सन्तोष थापाले सुरक्षा योजनाका बिषयमा सुझाव राख्नुभयो ।