असोज १०, पर्वत/जिल्लामा म्याद नाघेका अखाद्य बस्तुहरु जफत गरी प्रशासनद्वारा नष्ट गरिएको छ । अस्ती जलजलामा अनुगमनमा भेटिएका अखाद्य बस्तुहरु सरोकारवालाहरुको रोहवरमा नष्ट गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी डिल्ली राम शर्मा र ऋषिराम आचार्यको नेतृत्वको टोलीले सोमवार र मंगलवार जिल्लाको वारीबेनी बजारमा अनुगमन गरेर म्याद नाघेका अखाद्य बस्तुहरुको जफत गरेको थियो । सामानहरुको जफत गदै उक्त टोलीले म्याद नाघेका अखाद्य बस्तु बिक्रि बितरण नगर्न व्यापारीहरुलाई आग्रह गरेको छ ।
अखाद्य बस्तुको प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले यसको बिक्रि वितरण नगर्न टोलीले आग्रह गरेको हो । अनुगमनका क्रममा वारीबेनी बजारवाट फेन्टा ६ थान, मिक्स फ्रुट २ थान, कोक १८ थान,स्प्राइट ११ थान, सुजी ५ थान,विस्कुट १ थान,पतन्जली आटा २ प्याकेट, फिनेल २ बोत्तल,सिन्के चाउचाउ २ प्याकेट, भुजा १ पाकेट, अण्डा १ क्यारेट, तेल २ लिटर भट्टा ५०० ग्राम र लिचि जुस २ प्याकेट नष्ट गरिएको थियो । प्रसासन, उद्योग बाणिज्य संघ, घरेलु तथा साना उद्योग विकास समिति, उपभोक्ता मन्च र पत्रकार महासंघको रोहवरमा अखाद्य वस्तु नष्ट गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्वतले चाडपर्व नजिकिए सँगै बजार अनुगमनलाई तिव्रता दिन थालेको छ । चाडपर्वको अवसरमा मात्र बजार अनुगमन गरेको भन्दै उपभोक्ताहरुले प्रशासनको आलोचना गरेका छन् ।





