मुस्ताङमा पशुमा बाँझोपन निवारणसम्बन्धी शिविर सम्पन्न

28

मुस्ताङ/बाँझोपन निवारणसम्बन्धी एकदिने निःशुल्क पशु स्वास्थ्य शिविर मुस्ताङमा सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङको आयोजनामा उक्त शिविर भएको हो ।

शिविरमा गाई, भैंसी तथा बाख्राको स्वास्थ्य जाँच गरिएको थियो । स्वास्थ्य जाँच गरिएकामध्ये आधाजसो गाई, भैंसीमा बाँझोपनको समस्या देखिएको पशु सेवा विज्ञ केन्द्र मुस्ताङका कार्यालय प्रमुख दण्डपाणी शर्माले जानकारी दिनुभयो । सो अवसरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।