पशुमा पूर्ण खोप कार्यक्रम संचालनका लागि सरोकारवालासँग अन्तर्क्रिया

13

मुस्ताङ/भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङको आयोजनामा ‘स्वस्थ पशु समृद्ध किसान, पूर्ण खोप अभियान’ भन्ने मूलनारासहित पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालनका लागि सरोकारवालासँग अन्तरक्रिया र छलफल गरिएको छ । खोपको बारेमा जानकारीसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख दण्डपाणी शर्माले मासुजन्य उत्पादनको निर्यात, मानिसबाट पशु र पशुबाट मानिसमा सर्ने रोगलाई रोक्न तथा पशुमा देखिने विभिन्न प्रकारका रोगको रोकथामसहित गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा पशुमा खोप लगाउने कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले मुस्ताङ जिल्लाभर पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालनका लागि गणक छनोट, तथ्याङ्क सङ्कलन, खोप खरिद प्रक्रिया, खोप कार्यकर्ता नियुक्ति र खोप लगाइने कार्यालय प्रमुख शर्माले जानकारी दिनुभयो ।
गतवर्ष प्रदेशभित्र एउटा जिल्लामा एकवटा स्थानीय तह छनोट गरी पशुलाई खोप लगाउने कार्यक्रम सञ्चालन गरिएकोमा यसवर्ष थप स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन गरिएको छ ।