बाढी पहिरोको उच्च जोखिमबाट सतर्क रहन पर्वत काँग्रेसको अपिल

34

पर्वत/नेपाली कांग्रेस पर्वतले बाढीपहिरोको उच्च जोखिमबाट सतर्क रहन आम पर्वतबासीमा अपिल गरेको छ । नेपाली कांग्रेस पर्वतका पार्टी सभापति युवराज जोशी र सचिव गुप्तनिधि शर्माले आइतवार एक विज्ञप्ती जारी गर्दै समस्त पर्वतबासी नागरिकमा यस्तो अपिल गरेको हो ।
पार्टी सभापति जोशीले दैवीप्रकोप र विपद् भनेको आकस्मिक घटना भएको वताउँदै यस्ता घटनाबाट प्रभावित नागरिकको उद्दार र राहातको लागि जुट्न जिल्लादेखि टोलसम्मका काँग्रेस नेता कार्यकर्ता तथा भातृ एवं शुभेच्छुक संघसंस्थाहरुलाई निर्देशन समेत दिनुभएको छ ।

सभापति जोशीले जनताको जीउधनको सुरक्षा गर्नु राज्यको प्रमुख दायित्व हुने भन्दै विपदबारे उच्च सतर्कता अपनाउन पहल गर्ने र जोखिममा परेका नागरिकको तुरुन्त उद्दारको र आवस्यक राहातको लागि प्रहरी प्रशासन समेतलाई पनि ध्यानाकर्षण गराउनु भएको छ । ‘घटना घटिसकेपछि राहत बोकेर जानुभन्दा सम्भावित जोखिमको विष्लेषण गरि नागरिकको जिउधनको सुरक्षा गर्न सरकारी पक्ष पनि होशियार रहोस भन्ने हाम्रो अनुरोध हो ।’ सभापति जोशीले भन्नुभयो । उहाँले जिल्लाका सबै काँग्रेस नेता कार्यकर्तालाई पनि विपद् बाट सतर्क रहन र मानव सेवामा समर्पित हुन अपिल गर्नु भएको छ ।