पर्वत,२९ भदौ / जिल्लामा दर्जनौं इटा उद्योगहरु सामान्य मापदण्ड पनि पुरा नगरि सञ्चालन गरेको पाइएको छ । जिल्लाका गाउँ–गाउँमा इटा भट्टा सञ्चालन गरेर ठुल्ठुलो कारोबार हुँदै आएको भए पनि नियामक निकायले त्यस्ता भट्टा बन्द गराउन र नियमन गर्न चासो दिएको पाईंदैन ।
घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयका प्रमुख बिष्णु न्यौपानेका अनुसार जिल्लामा ३ वटा बाहेक इटा उद्योग दर्ता भएका छैनन् । अहिलेसम्म दर्ता भएर चलेका इटा उद्योग ३ वटा मात्रै रहेको न्यौपानेले जानकारी दिनुभयो । घरेलुले व्यवसाय दर्ता गर्ने मात्रै काम भएकोले बिनादर्ता सञ्चालनमा आएकालाई कारवाहि गर्न नमिल्ने उहाँ वताउनुहुन्छ ।
जिल्लामा वर्षौंदेखि अबैध भट्टा सञ्चालनमा छन् । यसको नियामक निकाय जिल्ला प्रशासन हो । तर, प्रशासन पनि यो विषयमा मौन छ । ‘त्यसमा हाम्रो दृष्टी नपुगेकै हो,’ प्रशासनका अनुगमन अधिकृत ऋषिराम आचार्यले भने, ‘सबै मिलेर नियमन गर्नुपर्ने हो । गर्न सकिएको छैन ।






