खत्रीको निधनप्रति काँग्रेस नेता जोशीद्वारा दु:ख व्यक्त

पर्वत/नेपाली काँग्रेस निकट भुतपूर्व सैनिक संघ पर्वतका संस्थापक सभापति एवम् नेपाली काँग्रेस जेष्ठ नागरिकका निवर्तमान केन्द्रिय सदस्य जंगवहादुर खत्रीकी धर्मपती स्वर्गिय झक्कलकुमारी खत्रीको निधन भएको १३ औँ दिनको पुण्य तिथीमा बिहादी गाउँपालिका–१बाच्छामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेस बाच्छा वडा कार्य समितिले उहाँकै निवासमा पुगेर श्रद्धाञ्जली सभा आयोजना गरेको हो ।
श्रद्धाञ्जली सभामा बोल्दै नेपाली काँग्रेसका निवर्तमान केन्द्रिय सदस्य एवम् संबिधान सभा सदस्य अर्जुनप्रसाद जोशीले स्वर्गिय खत्रीको निधनले नेपाली काँग्रेसलाई ठूलो क्षति पुगेको वताउनु भएको छ । नेता जोशीले यस दुःखद घडीमा खत्रींप्रति श्रद्धासुमन अर्पण गर्दै निधनबाट शोकमा परेका आफन्त, परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका निवर्तमान सभापति खिमप्रसाद भुषालले स्वर्गिय खत्रीले नेपाली काँग्रेस र काँग्रेस कार्यकर्तामा देखाएको माया र सद्भाव पार्टीले सँधै स्मरण गरिरहने बताउनु भयो । सोही कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापति डाक्टर चूडामणि शर्मा, अर्का उपसभापति शिवप्रसाद सुवेदी, नेपाली काँग्रेस प्रदेश सभा ख का क्षेत्रीय कार्य समितिका सभापति प्रविण गुरुङ, क्षेत्रीय सचिव छविलाल तिवारी, नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य लक्ष्मी आचार्य, नेपाली काँग्रेस बिहादी गाउँपालिकाका सभापति बिष्णुप्रसाद भुषाल, नेकपा माओवादी वडा कमटी बाच्छाका अध्यक्ष बैकुण्ठ केसी, नेकपा एमाले बिहादी गाउँपालिका सदस्य गगनवहादुर क्षेत्री, जनकल्याण माविका शिक्षक जागेश्वर पराजुली र जनकल्याण प्राविका प्रधानाध्यापक उमाकान्त बस्नेत लगायतले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाली काँग्रेस बाच्छा वडा कार्य समितिका सभापति सुकदार यामहावदुर खड्काको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन नेपाली काँग्रेस बाच्छाका सचिव डम्मरवहादुर कार्कीले गर्नुभएको थियो ।