कोरोना भाइरसका कारण महायज्ञ स्थगित भएपछि आयोजक समितिले ग¥यो यज्ञस्थलमै क्षमा पूजा

633

पर्वत/बैशाख १ देखि कालाञ्जर क्षेत्रमा आयोजना गर्ने भनिएको १००८ विराट ज्ञान महायज्ञ कोभिड–१९ को महामारीसँगै स्थगित भएपछि महायज्ञ मुल आयोजक समितिले सोमवार सोही कालाञ्जर क्षेत्रमा क्षमा पूजा गरेर हाल स्थगित महायज्ञ उपयुक्त मितिमा गर्ने जनाएको छ । समितिले सोमबार तीन हजार तीन सय मिटरको उचाई भएको कालाञ्जर क्षेत्रमा पुगेर क्षमा पुजा गर्दै उपयुक्त मितिमा विश्वभरका हिन्दुधर्मावलम्बी भित्राउनेगरी महायज्ञ लगाउने निर्णय गरेको महायज्ञ मुल आयोजक समितिका संयोजक एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानाकारी दिनुभयो । मल्लको नेतृत्वमा सोमबार गएको टोलीले जलजला गाउँपालिका वडा नम्बर ६ मा पर्ने हम्पालको लेक कालाञ्जर क्षेत्रमा क्षमा पुजा गरेको थियो । यसअघि २०७७ साल बैशाख १ गतेदेखि ७ गतेसम्म कालाञ्जर भुमिलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा पहिचान गराउन र विश्वभरका हिन्दुधर्मावलम्बी भित्राउन बृहत महायज्ञको तयारी गरिएको थियो । गाउँपालिकाले महायज्ञलाई सहज गराउनका लागि ८० लाख रुपैयाँ लगानी गरी कालाञ्जरक्षेत्रमै सडक सुविधासमेत पु¥याएको थियो ।

विश्वभर फैलिइरहेको कोरोनाका कारण महायज्ञ स्थगित गरि क्षमा पुजा गरिएको महायज्ञ मुल आयोजक समितिका संयोजक एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी दिनुभयो । क्षमा पुजाका लागि अध्यक्ष मल्लसहित जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा पुन गर्बुजा, वडा नम्बर ४ का वडा अध्यक्ष भिष्म मल्ल, वडा नम्बर ६ का वडा अध्यक्ष होमबहादुर पुन, समितिका उपाध्यक्ष राजुप्रसाद आचार्य, कृष्णप्रसाद पराजुली, महासचिव जगन्नाथ आचार्य, जलजला गाउँपालिकाका राजनीतिक सल्लाहकार यम शर्मा लगायतको टोली कालाञ्जर गएको थियो । कालाञ्जरमा सोमबार गिता पाठ, भागवत पाठसहित क्षमा पुजा गरिएको जलजला गाउँपालिकाका राजनीतिक सल्लाहकार एवम् महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष याम शर्माले जानकारी दिनुभयो । महायज्ञ मुल आयोजक समितिको बैठकले सडक त्यहाँ पु¥याउनका लागि सहयोग गर्ने सामुदायिक बन, समिति, वडा अध्यक्षहरुलाई अध्यक्षबाट धन्यबाद दिने, कालाञ्जरक्षेत्रमा पर्यटकीय विकासका लागि आवश्यक संरचना निर्माणका लागि लिजमा दिनका लागि छलफल गरिएको र कोरोना भाइरसबाट बच्न र बचाउनका लागि आब्हान गर्ने निर्णय छ ।

अध्यक्ष मल्लले धार्मिक रुपमा र विभिन्न पुराण तथा हिन्दु धार्मिक शास्त्रमा समेत कालाञ्जर क्षेत्रको बर्णन गरिएकोले कालाञ्जर क्षेत्र धार्मिक रुपमा महत्वपूर्ण रहेको दाबी गर्दै आउनु भएको छ । उहाँले आफु गाउँपालिका अध्यक्षमा निर्वाचित भएदेखि नै कालाञ्जर क्षेत्रको विकासमा जोड दिदै आउनु भएको हो। कालाञ्जर क्षेत्र मनमोहक, आकर्षक र त्यहाँबाट विभिन्न हिमऋृङ्खलाको अवलोकन गर्न सकिने भएका कारण पनि पर्यटकको आकर्षण बढ्ने मल्लले बताउनु भयो । विभिन्न पुराणमा वर्णन गरिए पनि ओझेलमा परेको पवित्र कालञ्जर भूमिलाई हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रुपमा विकास गर्न कालञ्जर क्षेत्रमै १०ण्८ श्रीमदभागवत तथा विराट ज्ञान महायज्ञ आयोजना गर्न लागिएको थियो ।