काठमाडौं/कोरोना भाइरसको महामारीबाट नेपाली जनता प्रताडित भइरहेको र यसको संक्रमणलाई बढ्न नदिन सरकारले लामो समय लकडाउनको घोषणा गरेको गरेपनि उचित व्यवस्थापन गर्न नसकेको नेपाली कांग्रेसका सचेतक बालकृष्ण खाडले बताएका छन । आज एक बिज्ञप्ती जारी गर्दै खाँडले सरकारले संक्रमण न्यूनिकरण, रोकथाम तथा उपचारको व्यवस्थापनका लागि पर्याप्त समय पाउँदा पनि जनताको सुरक्षाका लागि आवश्यक तयारी गर्न सकेको देखिएन भनेका छन। स्वास्थ्य सामग्री र उपकरण खरिदको व्यवस्थापन गर्न नसक्नु सरकारको कमजोर क्षमता मात्र हैन, नियतमा नै खोट देखिन्छ प्रमृुख सचेतक खाँडद्धारा जारि बिज्ञप्तीमा भनिएको छ ।
हालको परिस्थितिमा सरकारको पहिलो काम भनेको जनताको र राष्ट्रको सुरक्षा गर्ने हो । वर्तमान सरकार जनता प्रतिको आफ्ना जिम्मेवारीबाट पन्छिदै यस्तो गम्भीर एवं संकटको समयमा केही आयोगको गठन गरी आफ्ना निकटस्थहरुलाई राजनीतिक व्यवस्थापन र जागिर खुवाउने मनसुवाबाट अगाडि बढेको देखिन्छ । अहिले सरकारको मूल कार्य महामारी नियन्त्रण, न्यूनिकरण र संक्रमितहरुको उपचार गर्नु हो । यस विषयमा प्रमुख प्रतिपक्ष लगायत सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकले अपूर्व सहयोग गरेको अवस्थामा पनि सरकार गम्भीर बन्न सकेको छैन भन्दै सरकारलाई गम्भीर बन्न माग गरिएको छ ।
यो महामारी नियन्त्रण, न्यूनिकरण तथा उपचारका लागि चिकित्साकर्मी डाक्टर, नर्स, स्वास्थ्यसेवक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुले अहोरात्र अभूतपूर्व योगदान गरी रहनु भएकोमा हामी हार्दिक सम्मान गर्दछौं । उहाँहरु सबैको सुरक्षाको लागि सरकार संवेदनशील, गम्भीर र उत्तरदायी बनोस् बिज्ञप्तीमा भनिएको छ ।
संसार भरी छरिरहेका नेपालीहरुले महामारीको पिडा भोगी रहेको छन् । असुरक्षाको अवस्थामा उनीहरुको मनोवल बढाउन र उनीहरुको पिडा तथा समस्यालाई सम्बोधन गर्न सरकार गम्भीर बन्नु पर्ने बिज्ञप्तीमा उल्ल्ेख गरिएको छ । लकडाउनका कारणले दैनिक ज्यालादारी, असंगठित क्षेत्रका श्रमिकहरु आफ्नो रोजगार गुमी आफ्नो घर पुग्नका लागि लामो पैदल यात्रबाटै हिडिरहेको अवस्थाले सबै नेपालीलाई पिडा बोध भएको छ । उनीहरुको बसोवास तथा खानपिनको उचित व्यवस्थापनको जिम्मेवारीबाट सरकार पन्छिनु सरकारको लाचारीको परकाष्ट हो ।
यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उनीहरुको बसोवास तथा खानपिनको उचित व्यवस्थापनका लागि माग गर्दछौं । बालकृष्ण खाणद्धारा जारि बिज्ञप्तीमा भनिएको छ ।






