जलजलाका ९ जनाको रिपोर्ट नेगेटिभ, फलेवासको पनि आज आउँदै

पर्वत/विदेशबाट फर्किएकाहरुको कोरोना जाँचको नतिजा आउने क्रम शुरु भएको छ । पछिल्लो रिर्पोट अनुसार जिल्लाको जलजला गाउँपालिकाका ९ जनाको रिर्पोट नेगेटिभ आएको छ । जलजला गाउँपालिकालै दुबई, कतार, अष्ट्रेलियालगायतका मुलुकबाट हालै फर्किएका उनीहरुको स्वाव लिएर ल्याबमा परिक्षणका लागि पठाइएको थियो । उनीहरूको रिपोर्ट नेगेटिभ आएसँगै कोरोना विरूद्धको लडाइँमा आफूहरु सफल हुँदै गएको भन्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले खुसी व्यक्त गर्नुभएको छ । ‘यो महामारीबाट बच्न सबैले आत्मसंयम अपनाउन जरुरी छ ।’ अध्यक्ष मल्लले भन्नु भयो । जलजला गाउँपालिकाले बिदेशबाट फर्किएका संकास्पदलाई राख्नका लागि लुङ्दी आधारभुत बिद्यालयमा १५ बेडको क्वारेन्टाइन वार्ड निर्माण गरेको छ

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका अनुसार पर्वत जिल्लामा थप ९ जनामा कोरोना संक्रमण नेगेटिभ आएको हो । उनीहरुको पर्वत अस्पताल र स्वास्थ्य कार्यालयले थ्रोड स्वाब संकलन गरेको थियो । योसंगै पर्वत जिल्लामा कुल २३ जनाको रिर्पोट नेगेटिभ आएको छ । बाँकी ९ जनाको रिर्पोट भने आउन बाँकी रहेको छ । उनीहरु फलेवास नगरपालिका क्षेत्र भित्रका हुन ।

हालसम्म ३२ जनाको स्वाब संकलन पर्वत जिल्लामा भएको छ ।