पर्वत/रुकुम पश्चिममा खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतिको हत्या गरेका छन् । मुसीकोट नगरपालिका ३ माछिमिका २७ वर्षिय नविन खड्काले श्रीमति २५ वर्षिया कमला बुढाथोकी खड्काको गयारति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अत्याधिक मदिरा सेवन गरी हिजो तीजका दिन बेलुकी ८ बजेको समयमा नविनले श्रीमति कमलाको हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए । श्रीमतिको हत्या गरी फरार रहेका नविनलाई आज विहान सवा २ बजेको समयमा घर नजिकैको जंगलमा लुकेर वसेको अवस्थामा पक्राउ गरिएको डिएसपि खड्काले बताएका छन् । उनि संगै श्रीमतिलाई प्रहार गरेको खुर्पापनि बरामद गरिएको छ । के कारणले श्रीमतिको हत्या गरेका हुन भन्ने कारण खुलिनसकेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।






